अनुसन्धानको विषयमा संवेदनशील भई सूचना प्रवाह गर्न कास्की प्रहरीको आग्रह – Nepal Press

अनुसन्धानको विषयमा संवेदनशील भई सूचना प्रवाह गर्न कास्की प्रहरीको आग्रह

पोखरा । अनुसन्धानको विषयमा संवेदनशील भई सूचना प्रवाह गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ । कास्की प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै आधिकारिक स्रोतविना नै अधिकृत भनी स्रोतको रूपमा उद्धृत गर्दै गरिएको समाचार सम्प्रेषणप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । सोही विषयमा विभिन्न सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको कास्की प्रहरीको आरोप छ ।

सोही विषयमा संवेदनशील भई सूचना प्रवाह गर्न कास्की प्रहरीले आग्रह गरेको हो ।

‘अपराध अनुसन्धान तथा कारबाही जस्तो संवेदनशील विषयमा संवेदनशील भई सूचना सम्प्रेषण गरिदिनुहुन जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर