परराष्ट्रमन्त्री राणा चीन प्रस्थान, जाँदाजाँदै भनिन्- बीआरआई अनुदानमा हुन्छ
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि उनी आज त्यसतर्फ लागेकी हुन् ।
उनी सिचुआन एयरलाइन्सको जहाजबाट चीनको छेन्दुङ जाने छिन् ।
उनको बिदाईका लागि परराष्ट्र मन्त्रालयका अधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए ।
बीआरआईबारे कांग्रेस-एमालेबीच मतभिन्नता छ भन्ने मिडियाले सिर्जना गरेको उनले टिप्पणी गरिन् । यसलाई एकरुपताको साथ अघि बढाउन दुई दलीय टीमले काम गरिरहेको उनले बताइन् ।
परराष्ट्र नीतिमा दुई देशीय सम्झौता नेगोसियसनमा हुने भन्दै उनले बीआरआईसम्बन्धी अनुदान सम्झौता हुने बताइन् ।
उचित व्यवस्थापन नभए अनुदानले केही गर्दैन । राम्राे सदुपयाेग गर्ने र सही ठाउँमा उपयाेग गरेमा ऋण सहयाेग पनि प्रभावकारी हुन्छ । चीनबाट अनुदान मात्र चाहिन्छ भन्ने तर्क ठिक हैन । त्यसाे भए एडीबी, वर्ल्ड बैंकका ऋणहरूलाई के भन्ने ? हामी आफ्नाे राष्ट्रिय नीति नै कसैबाट ऋण नलिने बनाउँछाैँ भने त्याे बेग्लै कुरा हाे । त्यसले देश चल्छ/चल्दैन त्याे बेग्लै सवाल हाे ।