बिहीबार मध्यरातिदेखि उपनिर्वाचनको मौन अवधि, प्रचारप्रसार गरे कारबाही हुने – Nepal Press

बिहीबार मध्यरातिदेखि उपनिर्वाचनको मौन अवधि, प्रचारप्रसार गरे कारबाही हुने

काठमाडौं । बिहीबार मध्यराति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि सुरु हुने भएको छ । मौन अवधि सुरु हुनु अघि निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसार निषेध अवधि र मतदानको दिन गर्नुपर्ने कार्यका सम्बन्धी प्रेस विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल, उम्मेदवार तथा सबैलाई सचेत गराएको हो ।

आयोगले बिहीबार बसेको बैठकबाट मतदान हुने दिन मंसिर १६ गतेको अघिल्लो ४८ घण्टा अर्थात् मंसिर १३ गते बिहीबार राती १२ बजेपछि मतदान केन्द्रमा मतदान कार्य नसकिँदासम्म निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य नगर्न आग्रह गरेको आयोगका सहसचिव एवम प्रवक्ता निता पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वुसनीय र भयरहित वातावरणमा सम्पन्नन गर्नका लागि व्यवस्था मिलाउन निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम आयोगले यस्तो निर्णय गरेको हो ।

आयोगले उपनिर्वाचन हुने स्थानीय तहमा अनधिकृत एवम् शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्ने, सूक्ष्म ढङ्गले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वुसनियतामा आँच आउने कुने कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शङ्काा लागेमा वा कुनै सूचना प्राप्तर भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानून बमोजिम तत्काल कारवाही गर्न गृह मन्त्रालय मार्फत निर्देशन दिएको छ ।

त्यसैगरी उपनिर्वाचनको मतदान हुने दिन निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को परिच्छेद २ को दफा ४ बमोजिम निर्वाचन सम्बन्धी सामग्रीको प्रयोगमा बाधा पुर्यााउन नहुने, दफा ५ बमोजिम मतपत्रको दुरूपयोग गर्न नहुने, दफा ६ बमोजिम गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने, परिच्छेद ३ को दफा ७ बमोजिम मतदानको अधिकार बिना मतदान गर्न नहुने क्रियाकलाप नगर्न पनि स्मरण गराएको छ ।

आयोगले ऐनकै दफा ८ बमोजिम पटक–पटक मतदान गर्न नहुने, दफा ९ बमोजिम मत सङ्केत सार्वजनिक गर्न नहुने, दफा १० बमोजिम मतदानको प्रक्रिया उल्लंघन गर्न नहुने, दफा ११ बमोजिम मतपत्र बाहेक अन्य वस्तु खसाल्न वा राख्नफ नहुने पनि जनाएको छ ।

यस्तै, ऐनकै दफा १२ बमोजिम मतदान भएको मतपत्र विगार्न वा नष्ट गर्न नहुने, दफा १३ बमोजिम मतदान गर्न बाधा गर्न नहुने लगायतका व्यवस्थाका प्रतिकुल हुने गरी कुनैपनि कार्य हुन नदिन र कहीँ कतैबाट भए गरेमा थप आदेश लिनु नपर्ने गरी प्रचलित कानुन बमोजिम तत्काल कारवाही गर्ने र त्यसको जानकारी गराउन निर्देशन दिएको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्नत गर्नका लागि निर्वाचनका क्रियाकलापमा परिचालन हुने कर्मचारी र सुरक्षाकर्मीबाट सबै उम्मेदवार र राजनीतिक दलप्रति समान व्यवहार गरी निर्वाचन सम्बन्धी कार्यसम्पादनमा समान अवसर प्रदान गर्न सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाई निर्वाचन सम्पन्न गर्न गराउन पनि निर्देशन दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *