सिजी सोलार वाटर हिटरको न्यानो : शतप्रतिशत सौर्य ऊर्जा, शून्य बिजुली खर्च – Nepal Press

सिजी सोलार वाटर हिटरको न्यानो : शतप्रतिशत सौर्य ऊर्जा, शून्य बिजुली खर्च

काठमाडाैं । सिजी इलेक्ट्रोनिक्सले नवीनतम सौर्य प्रविधिसहितको सिजी सोलार वाटर हिटर नेपाली बजारमा अत्याधिक माग रहेको कम्पनीले दाबी गरेको छ । यो वातावरणमैत्री सौर्य गिजरले परम्परागत ऊर्जा स्रोतको निर्भरतालाई कम गर्दै ग्राहकहरूको जीवनलाई थप सरल र ऊर्जा-दक्ष बनाउने लक्ष्य लिएको छ ।

५ वर्षको ग्यारेन्टी सहित आएको यस गिजरमा इभ्याकुएटेड ट्यूब कलेक्टर टेक्नोलोजीको प्रयोग गरिएको छ, जसले सौर्य ऊर्जाको अधिकतम उपयोग गर्दै पानी तताउन थप प्रभावकारी बनाउँछ ।

ऊर्जा बचतमा योगदान दिने यस गिजरले बिजुली खर्च उल्लेखनीय रूपमा घटाउन सक्छ, जसले ग्राहकहरूको आर्थिक बचत मात्र होइन, वातावरणीय जिम्मेवारी बहन गर्नमा समेत सहयोग पुर्‍याउने कम्पनीले जनाएकाे छ ।

सिजी साेलर वाटर हिटर विभिन्न क्षमताहरू (१५ ट्यूबदेखि ३६ ट्यूबसम्म) र दबाब प्रणालीमा उपलब्ध छ, जसले साना तथा ठूला परिवारहरूको आवश्यकतालाई सहजै पूरा गर्न सक्छ ।

१५-२० ट्युब गिजर साना परिवारहरूको लागि, २४-३० ट्युब गिजर मध्यम परिवारको लागि, र ३६ ट्युब गिजर ठूला परिवार वा व्यवसायिक प्रयोगका लागि उपयुक्त छन् ।

यसमा एण्टी-कोरोसन कोटिंग र मौसम प्रतिरोधी डिजाइन रहेको छ, जसले यसलाई सबै प्रकारका मौसममा टिकाउ र भरपर्दो बनाएको छ । साथै, यसको प्रयोगकर्ता-मैत्री डिजाइनले गिजरको सजिलो स्थापना र मर्मत सुनिश्चित गरेको छ ।

नेपालले स्वच्छ ऊर्जातर्फको आफ्नो यात्रा अघि बढाइरहेको यो समयमा, सिजी इलेक्ट्राेनिक्सले नवीकरणीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै दिगो भविष्य निर्माणको दिशामा कदम उठाएको छ ।

यो गिजरले जाडोमा न्यानो र ऊर्जा बचतसँगै हरित भविष्य निर्माणमा योगदान पुर्‍याउने सिजीले जनाएकाे छ । सिजी साेलर वाटर हिटर नेपालभरका सिजी इलेक्ट्राेनिक्स शाेरूमहरूमा उपलब्ध छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर