भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शन- ‘नेपा टप’ मा उपभोक्ताको आकर्षण – Nepal Press

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शन- ‘नेपा टप’ मा उपभोक्ताको आकर्षण

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रदर्शनी शुरू भएको छ । प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनमा बिहीबारदेखि प्रदर्शनी शुरु भएको हो ।

मंसिर १५ गतेसम्म चल्ने उक्त प्रदर्शनीको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरे । जहाँ अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनीमा राखिएको छ ।

प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठका अनुसार विभिन्न प्लाष्टिकजन्य वस्तुहरूका उत्पादनहरू साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरू, विभिन्न मेशिन-औजार-उपकरणहरू लगायत नवीनतम प्रविधिको प्रदर्शनी गरिएको छ ।

नेपालमा प्लाष्टिकजन्य वस्तुको उत्पादन र उपयोग र उपयोगपछिको व्यवस्थापनबारे जनचेतना जगाउने मद्दत पुग्ने उनले बताए । साथै विश्व बजारमा गरिएका नवीनतम् प्रविधिको विकासलाई नेपाली बजारमा भित्र्याउन प्रदर्शनीले सहयोग पुर्‍याउने उनको भनाई छ ।

‘नेपा टप’मा उपभोक्ता आकर्षित

प्रदर्शनीमा सबैभन्दा बढी नेपा टपमा उपभोक्ताहरू आकर्षित भएको देखिन्छ । उक्त स्टलमा उपभोक्ताहरूको बाक्लो उपस्थिति छ ।

गुणस्तरमा कम्परमाइज नगरेका कारण नेपाटपमा उपभोक्ता आकर्षित भएको नेपा टप अर्गनाइजेशनका अध्यक्ष दीपक श्रेष्ठ दाबी गर्छन् ।

‘नेपा टपका उत्पादनहरू सबै गुणस्तरप्राप्त हुन्छन् । हाम्रा उत्पादन गुणस्तरीय भएकाले पनि नेपाली उपभोक्ताहरूले अत्यधिक रुचाउनु भएको छ । अत्याधुनिक प्रविधिमार्फत हामीले उत्पादन गरिरहेका छौँ ।’

उनका अनुसार सन् १९९९ मा स्थापना भएको यस कम्पनीले पहिलो उत्पादन नेपा टप पानीट्याङ्की उत्पादन गरेको थियो । त्यसयता निरन्तर उत्पादनहरु थप्दै लगेको छ । गत वर्षदेखि यस कम्पनीले ढल निकास प्रयोजनमा प्रयोग हुने डबल वाल कोरोगेटेड (डीडब्लूसी) पाइपको पनि उत्पादन गरिरहेको छ ।

‘नेपालको वस्तु स्थिती हेरेर, उपभोक्ताहरूको आवश्यकतालाई हेरेर नै हामीले उत्पादन गरिरहेका छौँ । नेपा टपले प्लाष्टिकका ट्यांक, विभिन्न पीपीआर, पीपीसी, सीपीभीसी, एचडीपीई लगायतका पाइपहरू उत्पादन गरिरहेको छ’, श्रेष्ठले भने ।

नेपालका धेरैजसो घरमा नेपा टपका उत्पादन प्रयोग हुने गरेको नेपाल टपका सिनियर मार्केटिङ म्यानेजर विनोद महत दाबी गर्दै भन्छन्, ‘हाम्रो स्लोगन नै ठिकठाक भन्ने छ । हाम्रा उत्पादन प्रयोग गर्नुभएको सम्पूर्ण व्यक्ति र संस्थाहरू ठिकठाक हिसाबले अगाडि बढ्नु पर्छ भनेर नै हामी अगाडि बढिरहेका छौँ । नेपा टप अत्यन्तै लोकप्रिय छ, चिरपरिचित छ । नेपालका धेरैजसो घरमा हाम्रा उत्पादन प्रयोग भएको छ ।’

प्रदर्शनीमा नेपाल टपका सबैजसो उत्पादनहरू प्रदर्शनीमा राखिएको छ ।

‘नेपा टप प्रयोग गर्ने कर्म हुनुहुन्छ । जतिपनि उपभोक्ताहरूले प्रयोग गर्नु भएको छ उहाँहरू हाम्रो गुणस्तर हेरेर आउनु भएको छ । नयाँ आउनुहुनेहरु पनि हाम्रो गुणस्तर देखेर जोडिनुहुन्छ’, उनले भने ।

नेपाल टपमा शतप्रतिशत नेपालीको लगानी छ । यस कम्पनीले नेपालीहरूलाई मात्रै रोजगारी दिने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर