रास्वपाबारे विश्वप्रकाश- स्वतन्त्र नाम राखेर असन्तुष्टिलाई क्याच गरेर ठगीको प्रयास भयो (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै दल कहिल्यै स्वतन्त्र हुन नसक्ने टिप्पणी गरेका छन्। कीर्तिप’रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै निर्वाचन आयोगमा पछि दर्ता गर्दैमा दल नयाँ नहुने तर्क गरे।
उनले भने, ‘०७९ को निर्वाचनपछि यहाँसम्म आइपुग्दा केहीको मुद्दा नै पुरानाको दिन गए भन्ने मात्रै छ। पुरानाकै दिन गए भन्दाखेरि अहिले दलहरुकै दिन गए भन्ने मनोविज्ञान पनि छन्। भन्दैगर्दा दलहरुले बर्षौँदेखि शासन गरे, अब मानिसहरु स्वतन्त्र हुनुपर्छ, राजनीतिक दलहरुले काम गर्दैगर्दा केही असन्तुष्टि रहे पनि, दलको विकल्प दल नै बन्छ, लोकतन्त्रको विकल्प फेरि पनि लोकतन्त्र नै बन्छ। स्वतन्त्र मनोविज्ञानलाई क्याच गर्नको लागि एउटा दलले आफ्नो नाम नै स्वतन्त्र राखिदियो। दल कहिले स्वतन्त्र हुँदैन।’
उनले दलको नाम स्वतन्त्र राखेर मानिसहरुको असन्तुष्टिलाई क्याच गरेर ठगी गरेको टिप्पणी गरे।