धरान प्रवेशद्वारमा सिसी क्यामरा जडान
धरान । धरान प्रवेशद्वार विश्वकर्मा मन्दिर अघि जंगल क्षेत्रको सडकलाई सिसी क्यामेराले निगरानी गर्ने भएको छ । बुधबार पूर्वाञ्चल यातायात व्यवसायी र कोशी बस व्यवसायी संघले दुईवटा सिसी क्यामेरा जडान गरिदिएपछि उक्त सडकको निगरानी हुने भएको हो ।
करिव ५० हजार रुपैया लागत रहेको दश एक्स जुमको आइपी क्यामेराले मन्दिरदेखि दक्षिण र उत्तर तर्फको निगरानी गर्ने छ भने त्यसको कन्ट्रोल जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले गर्नेछ ।
सडक दुर्घटनाको अनुसन्धान र अपराध नियन्त्रणमा सहयो पुर्याउने उदेश्यले दुईवटा व्यवसायी संघहरु मिले सिसि क्यामेरा जडान गरिएको पूर्वाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष सरोज श्रेष्ठले बताए ।
सिसि क्यामेरा जडान भएपछि ट्राफिक व्यवस्थापनसंगै सडक दुर्घटना न्युनिकरण र अनुसन्धानको काममा सहजता आउने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाले बताए ।
सिसि क्यामेरा जडानका क्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, धरान उपमहानगरका उपप्रमुख आइन्द्रविक्रम बेघा, धारन ८ का अध्यक्ष धनबहादुर राई, इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकास जबेगुको उपस्थिति थियो ।