प्रधानमन्त्री ओली ८७ सदस्यीय जम्बाे टाेली लिएर साेमबार चीन जाने
मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत
नेपाल प्रेस
२०८१ मंसिर १३ गते १९:२८
काठमाडौं । ८७ सदस्यीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ८७ सदस्यीय चीन भ्रमण टोलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।
ति मन्त्रीका अनुसार ३२ जना सरकारी र ५५ जना निजी क्षेत्रका व्यक्तिसहित ८७ जनाको टोली प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुनेछ ।
प्रधानमन्त्री ओली आगामी मंसिर १७ मा चीनको औपचारिक भ्रमणमा जाने तयारी छ ।
प्रतिक्रिया