विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर र युरोको बढ्यो भाउ – Nepal Press

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर र युरोको बढ्यो भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अस्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७० रुपैयाँ ९० र बिक्रीदर १७१ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५३ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ ।

त्यस्तै थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन रुपैयाँ ९४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन एक सयको खरिदर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४४० रुपैयाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३४ पैसा, ओमानी रियाल एकको खरिददर ३५० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८९ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर राष्ट बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर