बङ्गलादेशी हिन्दू नेता पक्राउविरुद्ध बेलायती सदनमा आलोचना (भिडिओ)
काठमाडौं । बङ्गलादेशका हिन्दू नेता चिन्मोइ कृष्ण दास पक्राउको कुरा बेलायती सदनमा उठेको छ । बेलायतको परम्परागत दल अर्थात् टोरिजतर्फका सांसद बब ब्ल्याकम्यानले यो कुरा उठाएका हुन् ।
हिन्दू मन्दिर र हिन्दूको घरमा आगो लगाइएको, इस्कनलाई प्रतिबन्ध लाउनुपर्ने जस्ता कामले हिन्दूलाई ठाडो प्रहार भएको उनले बताएका छन् ।
बङ्गलादेशको स्वतन्त्रतामा आफ्नो देशको साथ भएको भन्दै सांसद बबले सरकारले लिखितमात्र होइन, मौखिक कुरा राखेर यो मुद्दा विश्वलाई सुनाउनुपर्ने बताएका छन् । उनले धार्मिक अल्पसंख्यकमाथि भएको दमनको कडा विरोध गरेका छन् ।
बबले आफूले सदनमा उठाएको मुद्दा सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।
Today, I condemned the attacks on Hindus in Bangladesh and the imprisonment of Chinmoy Krishna Das.
I am also concerned by the attempt in their High Court to rule that #ISKCON should be banned from the country.
Freedom of religion must be preserved globally. pic.twitter.com/eYjWv5cl0Y
— Bob Blackman (@BobBlackman) November 28, 2024