रविको बयान चलिरहँदा सरकारी वकिल कार्यालय पुगिन् निकिता (भिडिओ) – Nepal Press

रविको बयान चलिरहँदा सरकारी वकिल कार्यालय पुगिन् निकिता (भिडिओ)

काठमाडौं । कास्की हिरासतबाट हिजो साँझ काठमाडौं ल्याइएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको अहिले बयान भइरहेको छ । काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि रविलाई काठमाडौं ल्याइएको हो ।

सरकारी वकिल कार्यालय काठमाडौंमा उनको बयान चलिरहँदा पत्नी निकिता पनि पुगेकी छन् । रविलाई भेट्न उनी बाहिर कुरेर बसिरहेकी छन् ।

काठमाडौंमा उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमै रहेको एक हिरासत कक्षमा राखिएको छ । उनलाई सकेसम्म छिटो बयान सकेर कास्की फर्काउने प्रहरीको तयारी छ ।

रविलाई अनुसन्धानका लागि ल्याइएको काठमाडौं तेस्रो जिल्ला हो । कास्कीबाट उनलाई रुपन्देही लगेर फेरि फिर्ता गरिएको थियो । काठमाडौंपछि चितवन लैजाने सेड्यूल छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर