यू- १९ एसिया कपः नेपालले श्रीलंकालाई २३३ रनमा रोक्यो – Nepal Press

यू- १९ एसिया कपः नेपालले श्रीलंकालाई २३३ रनमा रोक्यो

काठमाडौं । युएईमा जारी यू-१९ एसिया कपमा श्रीलंकाले नेपाललाई २३४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो ।

श्रीलंकाका शरुजन शणमुगनाथनले सर्वाधिक ६२ रन जोडे । लकविन अबेसिङ्घेले ५० रनको अर्धसतकीय इनिङ खेले । बलिङमा नेपालका सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । युवराज खत्रीले २, कप्तान हेमन्त धामी र नरेन साउदले एकएक विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *