रामेछाप दुर्घटना : मृत्यु हुने ४ जनाको सनाखत, एकको बाँकी
काठमाडौं । रामेछाम दुर्घटनामा मृत्यु हुने ५ जना मध्ये ४ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका ४ जनामध्ये एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।
दुर्घटनामा परेर गोकुलगंगा गाउँपालिका ४ का वडा अध्यक्ष ५२ वर्षका रामचन्द्र बस्नेत, सोहि गाउँपालिकाको वडा नम्बर ५ का ३० वर्षका कबिता कार्की र उनकै ७ वर्षीया छोरी स्वस्तिका खड्का, रामेछापकै मन्थली नगरपालिका १० का ३५ वर्षका गाडी चालक हिराबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदिपकुमार सिंहले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार नामथर नखुलेको अन्दाजी ३५ एक महिलाको भने सनाखत हुन बाँकी नै रहेको छ ।
प्रहरी प्रमुख सिंहका अनुसार गोकुलगंगा गाउँपालिका ४ का २७ वर्षका सरस्वती कार्की घाइते भएकोमा जिल्लामा सामान्य उपचारपछि ट्रमा काठमाडौं पठाइएको छ भने अर्का घाइते कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षका केशव शर्माको सामान्य उपचारपछि ट्रमा सेन्टरमा पठाइएको छ । यस्तै नाम ठेगाना नखुलेको अन्दाजी ४ वर्षको बालकको सामान्य उपचारपछि काठमाडौं मेडिकल कलेज काठमाडौंमा पठाइएको छ ।