खोपके खुलासा- नक्कली माओवादी बनेर चन्दा उठाउदा कारबाहीमा परेका थिए हर्क साम्पाङ
काठमाडौं । धरानका मेयर हर्कराज राई अर्थात् हर्क साम्पाङबारे नयाँ खुलासा भएको छ । नक्कली माओवादी बनेर साम्पाङले चन्दा उठाएको र कारबाहीमा परेको खुलेको छ ।
खोज पत्रकारिता केद्र (खोपके)ले हिजो सार्वजनिक गरेको एक खोजी समाचारले धरानमा सुशासनको कुरा गर्ने हर्क साम्पाङले गरेको कमजोरी बारेको समाचारमा अहिले मेयर भएर पनि गैरकानुनी चन्दा उठाउने साम्पाङले आफू सार्वजनिक जीवनमा आउनु अगाडि नक्कली माओवादी भएर चन्दा उठाएको बताइएको छ ।
तत्कालीन धरानका माओवादी इन्चार्ज प्रवेश राईलाई नक्कली माओवादीको चन्दाको सूचना आएर खोज्दा साम्पाङ रङ्गेहात पक्राउ परेको बताइएको छ ।
पत्रकार गोपाल दाहालले तयार गरेको समाचार अनुसार धरानको राष्ट्रिय वाणिज्य बैङ्क अगाडि चन्दा लिन पहेलो र सेतो रङ्गको करिज्मा मोटरबाइकमा आएका साम्पाङ पक्राउ परेका थिए ।
पक्राउ गरिएका उनलाई भानुचोक घुमाएर माओवादीको शिविरमा लगिएको थियो । शिविरमा उनलाई माओवादीबाट कुटपिट गरिएको माओवादीका तत्कालिन इन्चार्ज प्रवेशले खोपकेलाई जानकारी दिएका छन् ।