नेपाल प्रिमियर लिग सुरु, ब्याटिङ उत्रिए विराटनगरका मार्टिन र लोकेश
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर सन्दीप लामिछानेको नेतृत्वको विराटनगर किंग्स ब्याटिङमा उत्रिएको छ ।
जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार शाहले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका थिए । टीयु क्रिकेट मैदानमा विराटनगरको ब्याटिङ सुरु भएको छ ।
विराटनगरका मार्टिन गप्टिल र लोकेश बम ओपनिङ जोडीको रुपमा उत्रिएका छन् । बलिङमा जनकपुरका किशोर महतो आएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजना सुरु भएको एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् ।
एनपीएल खेल्न भारतीय क्रिकेटर शिखर धवनदेखि न्यूजिल्यान्डका मार्टिन गप्टिलसम्म नेपाल आएका छन् । एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी छन् ।
एनपिएलको अक्सनमार्फत १० खेलाडी भित्राएका प्रत्येक टोलीले ४९६ विदेशी खेलाडी अनुबन्ध गरेका छन् । एक जना मार्की प्लेयर र एक आइकोनिक खेलाडीको रुपमा एनपिएल खेल्नेछन् ।
समूह चरणमा प्रत्येक टोलीले ७ खेल खेल्नेछ । शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टोली र एलिमिनेटरबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुस ६ गते हुनेछ ।