कीर्तिपुरको मेयरमा कांग्रेसका डंगाेलको प्रारम्भिक अग्रता, कसले कति मत पाए ? – Nepal Press

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगाेलको प्रारम्भिक अग्रता, कसले कति मत पाए ?

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका कृष्णमान डंगाेलले शुरुवाती अग्रता लिएका छन् । मत गणनाको पछिल्लो अपडेटअनुसार उनले ४५० मत पाएका छन् भने दोस्रो स्थानमा माओवादी केन्द्रका शिव शरण महर्जनले ३२७ मत प्राप्त गरेका छन् । एमालेका डा. सुरेन्द्र मानन्धरले ३१० मत पाएका छन् ।

मतगणना जारी रहेको छ । २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका राज कुमार नकर्मी बिजयी भएका थिए । उनको निधनपछि उपनिर्वाचन भएको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *