गुल्मीको मुसिकोट १ मा कांग्रेसको विरासत कायम, माओवादीले थपिदियो मत
नेपाल प्रेस
२०८१ मंसिर १७ गते ०:२९
रुपन्देही ।गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ मा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ यसअघि पनि नेपाली कांग्रेस नै विजयी भएको थियो । काङ्ग्रेसबाट उम्मेदवार बनेका आनन्द श्रेष्ठले ११८४ मत ल्याएर विजयी भएका हुन् ।
एमालेका दलबहादुर थापाले ९३० मत ल्याएका थिए । माओवादी केन्द्रका दुर्गाबहादुर विकले १४३ मत ल्याएका छन् । गत निर्वाचनमा ३९ मतले मात्रै हारेको एमालेलाई हराउन माओवादीले कांग्रेस उम्मेदवारलाई साथ दिएको आरोप लागेको छ ।
माओवादी केन्द्रका नेताहरूले यहाँ कांग्रेस, एमाले र आफ्नो त्रिपक्षीय प्रतिस्पर्धा रहेको बताएका थिए । नेकपा एस, विप्लव नेतृत्वको माओवादीसमेतको साझा उम्मेदवार बनेका माओवादी केन्द्रका दुर्गाबहादुर बिकको अपेक्षित मत पाउन सकेनन् ।
आइतबार भएको निर्वाचनमा २ हजार ३ सय ३४ मत खसेको थियो । मुसिकोट नपा १ मा ४ हजार ९१ मतदाता थिए । २०७९ मा काङ्ग्रेसबाट विजयी उम्मेदवार मोहन घिमिरेको मृत्यु भएपछि उपनिर्वाचन भएको थियो ।
प्रतिक्रिया
One thought on “गुल्मीको मुसिकोट १ मा कांग्रेसको विरासत कायम, माओवादीले थपिदियो मत”
Leave a Reply
सम्बन्धित खवर
प्रचण्डपथ को दलित उत्थान गर्ने अभियान सफल भएछा : हैन त !!!