कीर्तिपुरको वडा नम्बर ४ पनि कांग्रेसको पोल्टामा
काठमाडौं । कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका राजेन्द्र बानियाँले ११५५ मत ल्याएर जित हासिल गरेका हुन् ।यसअघि कीर्तिपुरका वडा नम्बर १ कांग्रेसको पोल्टामा गइसकेको छ ।
मेयरको प्रतिस्पर्धामा पनि कांग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन् ।
यहाँ प्रमुख प्रतिपक्षी स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याइन् । माओवादीका नारायण विष्टले ३८१, एमालेका बद्री बुढाथोकीले ४६० भोट पाए । राप्रपाका बिजेश बस्नेतले १४२ मत पाए ।
२०७९ मा यस वडाबाट १३८० भोट ल्याएर स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी निर्वाचित भएका थिए । उनै श्यामकुमारसँग पराजित बानियाँ उपचुनावमा विजयी भएका हुन् ।