कांग्रेसले गुमायो २ पालिका अध्यक्ष र २ उपमेयर, वडाध्यक्षमा पहिलो स्थान कायमै
काठमाडौं । स्थानीय तहका विभिन्न पदमा भएको निर्वाचनको पछिल्लो परिणाम अनुसार १५ वटा जितेर नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ ।
तर कांग्रेसले दुई गाउँपालिका अध्यक्ष,एक उपाध्यक्ष र एक नगरपालिका उपमेयर जितेको ठाउँमा यसपटक गुमाएको छ ।
२०७९ मा जितेकामध्ये कांग्रेसले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गुमाएको छ । त्यस्तै दैलेखेको महाबु गाउँपालिका अध्यक्ष समेत गुमाएको कांग्रेसले जाजरकोटको नलगाढ नगरपालिका उपमेयर र बाजुराको स्वामी कार्तिक गाउँपालिका उपाध्क्ष पनि गुमाएको छ ।
कीर्तिपुर नगरपालिकाको मेयर अग्रता लिइरहेको कांग्रेसले उपनिर्वाचनका अन्य मुख्य पद भने गुमाएको हो । वडातर्फ पनि कांग्रेसले जितेका १९ वडामा उपनिर्वाचन भएकोमा हालसम्म १५ वडा जितेको छ । कांग्रेसले यसअघि एमालेले जितेका ३ र माओवादीले जितेका ४ वडा खोसेको छ ।
यी हुन् कांग्रेसले जितेका वडाध्यक्ष
वडाध्यक्ष १५
लालिगुरास ८ तेह्रथुमः नगेन्द्र लिम्बु कांग्रेस
गढी ६ सुनसरी, तेतर साहु (यसअघि एमाले जितेको)
ईशनाथ नपा ७, शेख अब्दुल खलिक (यसअघि एमाले जितेको)
राजपुर ६ रौतहट, समसे आलम
कीर्तिपुर १ काठमाडौं,इच्छा महर्जन
कीर्तिपुर ४ काठमाडौं,राजेन्द्र बानियाँ (यसअघि स्वतन्त्र जितेको)
हटौंडा १२ मकवानपुर, अर्जुन प्रसाद तिवारी (यसअघि माओवादी जितेको)
मुसिकोट १ गुल्मी ,आनन्द श्रेष्ठ
रुन्टीगढी ४ रोल्पा, भुपमणी पुन मगर
ठाकुराबाबा ४ बर्दिया,अमिन थारु
सानीभेरी ५ रुकुम पश्चिम,मोतिराम खत्री (यसअघि माओवादी जितेको)
कुशे ७ जाजरकोट खम्बवहादुर सिंह (यसअघि माओवादी जितेको)
सुर्मा ४ बझाङ, धिरेन्द्र पुजारा (यसअघि एमाले जितेको)
पुर्वी चौकी ६ डोटी,मोहन थापा
दुहुँ ५ दार्चुला,धनसिंह कुँवर (यसअघि माओवादी जितेको)