उपचुनावमा एमालेलाई पालिका अध्यक्ष र उपाध्यक्ष बोनस, वडाध्यक्षमा भने कमजोर प्रदर्शन
काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेले एउटा गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष बोनस जित निकाल्दा केही वडा गुमाएको छ । अध्यक्ष र उपाध्यक्ष एक एक पद थप्दा वडातर्फ भने एमालेले अपेक्षित नतिजा निकाल्न सकेको छैन ।
एमालेले महाबु गाउँपालिका अध्यक्ष र स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष जितेको छ । किर्तिपुरको मेयरमा एमाले दोस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेको छ भने गौरीशंकर गाउँपालिका दोलखाको मतगणना भएको छैन ।
एमालेले यसअघि जितेका ७ वडामा उपचुनाव भएको थियो । एमालेले अहिलेसम्म ५ वडाध्यक्ष जितेको छ ।
कहाँ कहाँ जित्यो एमालेले
अध्यक्ष १
महाबु गाउँपालिका दैलेख,जंगवहादुर शाही (यसअघि कांग्रेस जितेको)
उपाध्यक्षः१
स्वामीकार्तिक खापर बाजुरा,सुलोचना बुढा (यसअघि कांग्रेस जितेको)
वडाध्यक्ष ५
सिरीजङ्घा ३ ताप्लेजुङ,कुमारी सावादेन (यसअघि कांग्रेस जितेको)
मोलुङ ५ ओखलढुंगा, गंगावहादुर तामाङ (यसअघि कांग्रेस जितेको )
रामगोपालपुर २ महोत्तरी, सकिबुल खाँ (यसअघि माओवादी जितेको)
शुद्धोदन १ कपिलवस्तु, मोहमद ताहिर (यसअघि कांग्रेस जितेको)
दुल्लु १३ दैलेख, लालवहादुर शाही