दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादीको अग्रता, पछ्याउँदै एमाले
नेपाल प्रेस
२०८१ मंसिर १७ गते १४:१६
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता लिएको छ ।
वडा नम्बर १ र २ जुँगुको मत गणना सकिँदा माओवादीकी निमलेकी शेर्पाले ८०९ मत ल्याएर अगाडि छन् ।
उनलाई एमालेकी उमा शेर्पाले ४४७ ल्याएर पछ्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले २४० मत ल्याएको छ ।
यहाँ रास्वपाकी गोमा श्रेष्ठले १८ मत ल्याउँदा नेकपा एसकी रविना खड्काले १४ मत ल्याएकी छन् ।
गौरीशंकर गाउँपालिकामा २०७९ को निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । कांग्रेसबाट निर्वाचित उपाध्यक्षको निधनपछि भएको उपचुनावमा सबै पार्टी एकल प्रतिस्पर्धामा छन् ।
अहिले गणना भएका वडा नम्बर १ र २ जुँगु माओवादी प्रभाव भएका वडा हुन् । ९ वटा वडा रहेको गौरीशंकरमा ७ हजार ५९० मत खसेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर