स्वदेशी ब्याट्सम्यानले गरे कर्णाली याक्सको संकटमोचन, जनकपुरलाई दियो १४२ रनको लक्ष्य
काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) अन्नर्गत तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो ।
कर्णालीका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले आक्रामक ब्याटिङ गरे ।सोमपाल १३ बलमा २९ रनमा अविजित रहे। अर्जुनले २२ बलमा ३३ रन बनाए । पछिल्लो २ ओभरमा कर्णालीले ४३ रन जोड्यो अर्जुनले १९औं ओभरमा २२ रन प्रहार गरेका थिए । नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए ।
कर्णालीका कुनै पनि विदेशी खेलाडी चल्न सकेनन् । भारतिय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए । एक खेलको ४० लाख पारिऋमिकमा एनपीएलले खेल्ने आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए ।
चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए ।