शेखर पक्षले भेला डाकेपछि कांग्रेसले भन्यो- कोशीमा २२ गतेअघि पार्टीको कुनै कार्यक्रम छैन – Nepal Press

शेखर पक्षले भेला डाकेपछि कांग्रेसले भन्यो- कोशीमा २२ गतेअघि पार्टीको कुनै कार्यक्रम छैन

काठमाडौं । मंसिर १८ गतेका लागि कांग्रेस नेता डा. शेखर कोइराला पक्षले विराटनगरमा भेला राखेपछि केन्द्रीय कार्यालयले कुनै कार्यक्रम नभएको जनाएको छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोशीका १४ वटै जिल्ला समितिलाई पत्र पठाउँदै २२ गतेअघि पार्टीको कुनै कार्यक्रम नभएको प्रष्ट्याएका छन् ।

पौडेलले पठाएको पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसको वैधानिक प्रावधान अनुरूप सबै तहको सम्मेलन गर्ने प्रक्रिया प्रारम्भ भएको छ । पार्टीको जुन तहको कार्यसमिति हो, त्यसतै त्यही तहभित्रकै कार्यक्रम आयोजना, समन्वय र नेतृत्व गर्ने वैधानिक व्यवस्था रहेको छ । यसक्रममा कोशी प्रदेशको सम्मेलन मंसिर २२ गते विराटनगरमा हुने गरी प्रदेश र्सामतिको आयोजनामा कार्यक्रम निर्धारित छ ।’

मंसिर २२ पूर्व कोशी प्रदेश स्तरीय पालिका सभापतिहरूको भेला भनी प्रचारित कार्यक्रममा सहभागी हुनुपर्ने/नपर्ने स्पष्टताका लागि जिल्लाहरूबाट केन्द्रमा सम्पर्क गरिएकाले पार्टीको कुनै पनि कार्यक्रम नरहेको जानकारी गराइएको पत्रमा लेखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर