नेपालको अर्थ-राजनीति : दलीय चक्रव्यूह कि घेराबन्दी ?
इमानको जगमा उभिएर नेपाली जनताले माओवादी सशस्त्र आन्दोलन र राजनीतिक विद्रोह गरे । २० वर्षे लक्ष्य बोकेर नयाँ जनवादी क्रान्ति र आमूल परिवर्तनको अमूर्त सपना साकार गर्ने प्रतिबद्धता गरिएको थियो । जनसरकार-न्यायको सरकार सामूहिक अपराधमा असहनशीलता, कठोर सजाय र माफीको निर्णयबाट जनताले न्याय प्रणालीको रुपान्तरण हुनसक्छ भन्ने आशा गरेका थिए । इमान बाँच्नसक्छ भन्ने आश थियो । जनमुक्ति सेना न्यायको सुनिश्चितता गर्न र जनताको आर्थिक रुपान्तरणको अस्त्रशस्त्रको रुपमा स्थापित हुनसक्छ भन्ने जनविश्वास बढदै थियो । नैतिक, वैचारिक दृष्टिकोणसहित सामाजिक रुपान्तरणमा समर्पित थियो । समग्र माओवादी क्रान्ति, अल्प-बौद्धिक सिद्धान्त र भ्रमको आडमा नैतिक संकट र विश्वासघातमा फस्यो महान शहीद र सपूतहरुको साझा संकल्पसहितको महानअभियान, दलभित्र अन्तरघात भयो । आन्तरिक विस्मात फैलियो । केही धनाढ्यको आर्थिक सहयोग र चन्दामात्र नभई, बैंक वित्तीय संस्थामा धनाढ्यको पैसा हुन्छ भन्दै लहड र भ्रममा जनताको विश्वास र त्यागको पुँजी नै लुटियो । विस्मात र शंकाबिच विचार विमुख हुँदै निष्क्रिय–अस्थिरताको आचरण पलायो ।
यसरी नेतृत्व-नेतृत्वबीचको सद्भाव र कार्यकारी भूमिका र कर्यदिशामा परिवर्तन देखियो, जनताको सहारा हुने आमविश्वास जनस्तरमा गुम्दै गयो । गुट-उपगुटको राजनीति हँुदै गयो । प्रचण्ड एक सैनिक र एक सेनापतिको नीति, अदम्य साहस, चातुर्यता र लाल बुझक्कड सावित भए, तर स्थापित घिउ खाउ नीति, संस्कार र प्रवृत्ति समाजमा जनआस्थाको उदाहरणीय रहनु-हुनुको साटो अछूत झैं साबित भए यसका कार्यकर्ता र नेताहरू । स्वतन्त्रहरूको जन्मसँगै नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता अर्थात् जनता सर्वोपरि शासन व्यवस्थाका लागि नेपाली युवा शक्तिको एकता वैकल्पिक राजनीतिक अभ्यास र आवाजले पुरातन शैलीको फुटको राजनीति- ‘लडाउ, बझाउ र रमाउ’को राजलीला अन्त्य र नेतृत्व हस्तान्तरणको मागसहित परिवर्तन, प्रणाली, पारदर्शिता अग्रगामी राजनीतिको कार्यदिशा तय भएसँगै भ्रम विपक्षीप्रतिको एकताको राजनीतिक सोचबाट बहकिएर अतिमोह विश्वासविरुद्ध शत्रुताको प्रपञ्च र अस्मिताको सम्झनाबाट सिंह झैं मक्किएको, भत्किएको धुलाम्य रुपमा खडा हुन सम्भव भएका छन् प्रचण्ड । अग्रगामी नेतृत्व युवा पुस्ताको लिने कि पुरातन शैलीकै दलीय गठजोड र गोलबन्धको राजनीति गर्छन् या विकल्पसहितको अग्रगामी राजनीति ? प्रचण्डले निकट भविष्यमा लिने आचरण, व्यवहार र नीतिले तय हुनेछ ।
अग्रगामी नेतृत्व युवा पुस्ताको लिने कि पुरातन शैलीकै दलीय गठजोड र गोलबन्धको राजनीति गर्छन् या विकल्पसहितको अग्रगामी राजनीति ? प्रचण्डले निकट भविष्यमा लिने आचरण, व्यवहार र नीतिले तय हुनेछ ।
देश तरलताको अभाव, कर्जा संकट, घरजग्गा संकट हुँदै गहिरिँदै अनिश्चितकालीन चरम मन्दीबाट मुक्तिको व्यग्र पर्खाइमा छ । कर्मभन्दा पनि देवत्व र निराशाको महामारीमा फसेका छन् जनता । आर्थिक अराजकता र विचलनको स्थिरतामा छ देश । वैचारिक दलीय स्वार्थ र राजनीतिक छलको नीतिले नागरिकलाई अनागरिक र गैरनागरिकलाई नागरिक बनाएन मात्रै वैदेशीकरणमार्फत देशको यौवन र जाँगर बेचियो । नागरिकको मताधिकारको समुचित कदर पनि गरेनन् र हक सुरक्षित भएन । आन्तरिक द्वन्द्व, अन्तरपार्टी द्वेष, राज्य व्यवस्थापन र सिकाइमा अलमलियो विचारको राजनीति । चरम बेतिथि र विसङ्गतिमार्फत स्वार्थ समूहले घेराबन्दी गर्दै गए । दलहरू तस्कर र व्यापारिक घरानामा निर्भर हुँदै गए । राजनीतिक उपलब्धिस्वरुप योग्यता, विज्ञता खरिद–बिक्री गर्दै स्वार्थसिद्धि र राज्यको दोहनमा व्यस्त रहे दलहरू । बिर्सिए देशप्रति आआफ्नो रचनात्मक भूमिका र संघर्षको सान्दर्भिकता । छिमेकको सिको गर्दै स्वाभीमान संकटमा परेको थाहै भएन ।
सांस्कृतिक क्रान्ति, पुँजीको रुपान्तरण, उद्यमशीलता र औद्योगिक विकास एवं यसको प्राथमिकता र गुणात्मक प्रतिस्पर्धाको महत्व भुले । राजनीतिक दलहरूले खनेको भूमरीमा फसेको छ नेपाली राजनीति । जनता निर्दलीय पश्चगामी सोच अभिप्रेरित हुन बाध्य छन् । युवा जमातले यस्तो सोच स्वीकार गर्दै आएको छ । रवि लामिछानेको स्वतन्त्र अभियान र परिवर्तन पक्षधरहरू एकीकृत गरी दलीय प्रणालीभित्रैबाट दलीय व्यवस्थालाई चुनौती दिनु संवैधानिक निकास र गन्तव्यको सफलता सावित हुनसक्छ भन्ने निष्कर्षसहित संगठित हुँदै लक्ष्यमा समर्पित हुँदैछन् ।
यसै परिवेशमा स्थानीय निर्वाचनमा बालेनको स्वतन्त्र उम्मेदवारी र जितले प्रतिबिम्बको रुपमा स्थापित गर्छ र उनको विजय सुनिश्चित हुनुपर्छ भनेर खुला हृदयदेखि साथ रह्यो । बालेनले यसको श्रेय दिनैपरेन र त्यो आवश्यक भएन, तर जे होस् बालेनले समग्र देशको भावनालाई जोडेर सम्पूर्ण युवा जमातको गरिमा र काँध उँचो गरेका छन् । बौद्धिकताको सामर्थ्य कस्तो हुन्छ, कामबाट साबित गरेका छन् । उनको शैलीदेखि जनता लालायित छन् । ढ्याँग्रो बजाएर रवि लामिछानेको स्वत्रन्त्र अभियानले दलीय मसिहाहरूलाई चुनौती दिएको छ र बालेनले सुरक्षा कवचको रुपमा काम गरेका छन् । बागमतीको पानी सफा र पानीको तह माथिसम्म आएको छ । अब फोहरीहरूलाई यस पवित्र नदीमा चोपल्ने र सफाइ गर्ने कुरामा हामी एकमत हुनैपर्छ । मूल कुरा स्वाभीमान बाँच्नुपर्छ । हाम्रो काम समाधानोन्मुख हुनुपर्छ । ऐक्यबद्धता र साहस युवा पुस्ताले देखाउनैपर्छ ।
कर्मभन्दा पनि देवत्व र निराशाको महामारीमा फसेका छन् जनता । आर्थिक अराजकता र विचलनको स्थिरतामा छ देश । वैचारिक दलीय स्वार्थ र राजनीतिक छलको नीतिले नागरिकलाई अनागरिक र गैरनागरिकलाई नागरिक बनाएन मात्रै वैदेशीकरणमार्फत देशको यौवन र जाँगर बेचियो ।
प्रजातन्त्र आगमनपछि निर्मित राजनीतिक संयन्त्र र अर्थतन्त्रमाथिको घेराबन्दीले नियतबस या भुलबस धक्का या चुक दियो या थियो, समयले नै भविष्यमा सावित गर्ला, तर यसले नेपालको निष्क्रिय प्रणालीमाथि विषयगत अनुभवको आवश्यकता, विषय संवेदनशीलता, घटनाको आंकलन, निर्णय क्षमता र संयन्त्रको धरातलीय औकात देखाएको पक्कै छ । यो कुराको ज्ञात नेपाली राजनीतिज्ञ, यिनका मन्त्री, नियमनकारी निकायले समाधान दिने योग्यता र विज्ञताको आधार के भन्ने प्रश्न देशसामु छ ? सहकारी पीडितको समस्याले समग्र सहकारी संरचना धर्मराएको छ । यसै विषयलाई लिएर रवि लामिछानेको पक्राउ प्रतिशोध हो भन्ने पुष्टि हुन्छ । यसले समग्र सहकारी पीडितको समस्या समाधन नहुने भन्दै संसद र सडक तताइएको छ । सरकार ठूला बचतकर्ताको स्रोतको खोजी गर्ने, जीबी, छबि, रवि र केही सामान्य व्यक्ति मात्रको पछि परेकाले शंका थपेको छ । भोलि रामे, श्यामे हुँदै हजम गर्ने र वास्तविक दोषी उम्काउने नियत देखियो ।
हाम्रो फोहरी दलीय राजनीतिक संस्कारले सरकारलाई यति निकम्मा सावित गरेको छ कि सहकारीको पैसा देशमा छ कि देश बाहिर यकिन गर्न सक्दैन । आखिर पैसा एउटाको खल्तीबाट अर्कोको खल्तीमा जान्छ, तर देशभित्रै हुन्छ । देशको ढुकुटीमा । हाम्रो ढुकुटीको मालिकको जिम्मेदारी के ? कसले कसलाई किन कति पैसा दियोसम्म भन्न, बुझ्न नसक्ने प्रणाली र नेतृत्व राज्य सञ्चालन कुन तहको नेतृत्वबाट हुन्छ । दुनियाँ हाँसेको छ । हुतीहाराको हुती देखेर लाज लागिसक्यो । ए, सरकार हुती हुनेलाई देउ छोड भन्दैछन् जनता । समस्या के, समाधान के भन्न त सक्छ । सिंगो देशलाई किन हुतीहारा बनाउँछौ । कसले दियो, कसले लग्यो ? खोज अनुसन्धन गर, दिने-लिनेको आधार खोज, समाधान भेटिन्छ । सहकारी पीडितले न्याय पाउनेछन् । चल्ला चीलले लग्यो भने चीलको पछि जाने कि चल्ला गन्ने र सुरक्षित गर्ने ? सरकार तिम्रो नियतमा खोट छ । शत्रुता नसाँध्नु सबैले यति बुझेका छन् । तिम्रो हुती भए नियमनकारी निकायसँग स्पष्टीकरण र जवाफ खोजी सम्बन्धित निकाय प्रमुखलाई निलम्बित गर । सबै प्रालि, पब्लिक कम्पनी चरणबद्ध पुँजीकरण प्रमाणीकरण गर । देशको प्रतिष्ठा जोगिन्छ, समाधान आउँछ । सहकारी पीडितको न्याय यही मिल्छ ।
आन्तरिक द्वन्द्व, अन्तरपार्टी द्वेष, राज्य व्यवस्थापन र सिकाइमा अलमलियो विचारको राजनीति । चरम बेतिथि र विसङ्गतिमार्फत स्वार्थ समूहले घेराबन्दी गर्दै गए । दलहरू तस्कर र व्यापारिक घरानामा निर्भर हुँदै गए । राजनीतिक उपलब्धिस्वरुप योग्यता, विज्ञता खरिदऔबिक्री गर्दै स्वार्थसिद्धि र राज्यको दोहनमा व्यस्त रहे दलहरू ।
दलीय आर्थिक राजनीतिक चक्रव्यूह पर्दाफास हुनेछ, मेरो ठोकुवा छ । विनापैसाको कम्पनी खडा गर्ने, सहकारीको ऋण लिने, कम्पनीको प्रोमोटर बन्ने, केही वर्ष मुनाफा देखाउने, शेयर बजारमा सूचीकृत गर्ने, पछि आईपीओ निकाल्ने, मोटो रकम कुम्ल्याउने, राजनीतिक दलको पक्षपोषण गर्ने चतुरहरूको झुण्ड यही छन् । बजारको पुँजीकरण एक सीमा देशको कुल गार्हस्थ उत्पादन नजिक पुग्दा बखेडा झिक्ने, अाँखा लगाउने, सुस्त बनाउने र फुलाउने नीतिबाट अभिप्रेरित हुन्छ । पैसा लुटिन्छ, कम्पनीको शुद्धीकरण विकासभन्दा पनि जुवाको तालमा मूल्य उचालिन्छ, मनग्गे कमाइन्छ । देशको राजस्व बढ्छ, कर्जा बढ्छ । कसको नियत्रण कुन क्षेत्रमा छ प्रस्ट हुन्छ । यसरी कुनै सरकार आउँदा आर्थिक सूचक सुध्रिने र ठीक हुने अनुमान गरिन्छ र त्यसै हुन्छ । सरकारले सफलताको गर्व गर्छ ।
झूटा विवरणसहित अधिकतम कर्जाको लागि प्रोत्साहित गरिन्छ । घरजग्गा मूल्य बढाउन सरकारले बाटो, विकास र शहरीकरण नीति लिन्छ । कमिसनतन्त्रबाट हुनेखाने मोटाउने, कर छली अभिप्रेरित गरिन्छ । घुस प्रणाली चल्छ । कालो धन जम्मा गर्छन् । जनतालाई दोषी बनाइराख्छन् । चाहँदा प्रतिशोध जो-कोहीलाई साँध्नसक्छ । राज्यले सम्पत्ति शुद्धीकरण निवारणमा बदनियत पूरा गर्नसक्छ । कुनै खास सरकार र व्यक्ति विशेषको जालोले आधिपत्य जमाउँछ । नेपालको समृद्धिको सपना यही अड्केको छ । यहीसम्म चलिरहन्छ । यो चक्रव्यूह जसको अधिकतम पकड रहन्छ, उसैले समृद्धिको महत्वाकांक्षी सपना बाँडिरहन्छ । परिवर्तनको दीर्घकालीन सपना तुहाउन जनतामा भ्रम छिर्न र झूटलाई साँचो । साँचोलाई झूट सावित गर्नसक्ने सामर्थ्य राख्छ । (‘क’ तन्त्र- कनिष्ठ तन्त्र)
यता बजेट र सरकारी ढुकुटी सञ्चालनमार्फत सम्बन्धित प्रशासनिक प्रमुख राजनीतिक आस्थाको आधारमा नियुक्ति गर्ने सम्बन्धित पार्टीगत समूह, समितिमार्फत, सचेतना, परामर्श सेवा, सामाजिक कार्यक्रम वा यस्तै अन्य कार्यक्रममार्फत कार्यकता पोस्ने गरिन्छ र अगुवा कार्यकर्तासँग व्यक्तिगत निकटता कायम गरिन्छ । जसले आफू सम्बद्ध कट्टर र आफ्नो करिबी नीति बनाई प्रशस्त लाभ लिन्छन् । यो चक्रव्यूह टिकाउने दोस्रो वैकल्पिक युक्ति हो ।
नेपाली नागरिक दलीय तन्त्रको माथि उठ्नुको विकल्प छैन । नागरिक स्वतन्त्रता र सर्वाेच्चता कायम हुँदामात्र चक्रव्यूह र घेराबन्दीबाट मुक्त भई जनताको सर्वोपरि शासन व्यवस्था कायम हुनेछ ।
केही राजनीतिक दल उदारवाद र कर्मचारीतन्त्रको भरपुर फाइदा लिन्छन् र संयन्त्र बनाउँछन् । तैँ चुप मै चुप । आशीर्वाद र आश्वासनको भरमा राज्यको दोहन गर्छन् । आशावादी त्यागी कार्यकर्ताको बिचल्ली हुन्छ । घर बेघर हुन्छ । कर्मचारी संयन्त्र र प्रशासनमाथि नियन्त्रण कायम गर्दै हुँदा खाँदा आफ्नो आधिपत्य जमाउने गर्छन् । तंै खा मै खा नीति अभिप्रेरित रहन्छन् । (‘ख’ तन्त्र- खाउ तन्त्र)
‘क’ र ‘ख’ तन्त्रको कमजोरीमाथि नियन्त्रण गर्दै, स्वार्थसिद्ध गर्दै, आर्थिक आधिपत्य कायम गर्दै बेथिति विसङ्गतिको प्रश्रय दिने आन्तरिक र बाह्य अस्थिरता कायम गर्ने तस्कर र व्यापारिक घरानाको घेराबन्दीको राजनीतिले सामाजिक, आर्थिक र उत्पादन क्षेत्रमा निराशा छर्दै र राज्यको शक्तिमा नियन्त्रण गर्दै राज्य सञ्चालन गर्छन् । (‘ग’ तन्त्र- गराउ तन्त्र, बिचौलिया घरानातन्त्र)
नेपाली नागरिक दलीय तन्त्रको माथि उठ्नुको विकल्प छैन । नागरिक स्वतन्त्रता र सर्वाेच्चता कायम हुँदामात्र चक्रव्यूह र घेराबन्दीबाट मुक्त भई जनताको सर्वोपरि शासन व्यवस्था कायम हुनेछ ।
यति कुरा नबुझ्ने नेपाली क्रान्तिका हरेक नायक सजिलै नालायक सावित हुन्छन् । छलछामको राजनीति हुनेछ । समाधानको नाममा विभिन्न आयोग र समिति गठन भैरहनेछ । नेपाली जनता सडकमै टाउको ठोकी-ठोकी कारण खोज्दै देवत्वलाई सराप्दै आफैंले आफैंलाई धिक्कारिरहने छन् । सतीले सरापेको देश भन्दै सरापी-सरापी भाग्यसहितको जीवित शरणार्थी भइरहनेछन् । नेपालीहरू विदेसिन बाध्य बनाइरहने छन् । त्यसैले (क)- कनिष्ठ तन्त्र, (ख)- खाउ तन्त्र र (ग)- गराउ तन्त्र बिचौलिया घरानातन्त्रको चक्रव्यूह र घेराबन्दी तोड्न इमानको राजनीति गर्ने परिवर्तनकारी शक्तिहरू एक हुनैपर्छ । देशको अग्रगामी नेतृत्व र दिशानिर्देश गर्ने सामर्थ्य कि परिवर्तनकारी नयाँ राजनीतिक शक्ति कि त राष्ट्रवादी युवा पुस्ताले नै लिनुपर्छ । देशको अस्मिता संकटमा छ, जुटौं ।
(लेखक विकास, सुशासन र मौद्रिक नीतिका अध्येयता हुन् ।)