विष्णु पौडेलसँगको वार्तापछि योगेशले भने- हामी सग्लो एमालेको पक्षमा छौं (भिडियो)
नेपाल प्रेस
२०७८ वैशाख २७ गते १३:१३
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले आफूहरू सग्लो एमालेको पक्षमा रहेको बताएका छन् ।
संस्थापन पक्षका नेता विष्णु पौडेलसँगको वार्तापछि सिंहदरबारमा बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै नेता भट्टराईले संसदमा अनुपस्थित रहने निर्णय यथावत रहेको र सहमतिका लागि अन्तिमसम्म प्रयास गरिने बताए ।
‘हाम्रो निर्णय भइसकेको छ । अन्तिमसम्म पार्टी एकता जोगाउन जोगाउन प्रयास गर्छौं । छलफल सकारात्मक छ’, भट्टराईले भने । माधव नेपाल पक्षको निर्णयमा असहमति हो ? भन्ने प्रश्नमा भट्टराईले भने- त्यस्तो कुनै असहमति छैन, हामी सग्लो एमालेको पक्षमा छौं ।
प्रतिक्रिया
One thought on “विष्णु पौडेलसँगको वार्तापछि योगेशले भने- हामी सग्लो एमालेको पक्षमा छौं (भिडियो)”
Leave a Reply
सम्बन्धित खवर
यो सकुनिलाइ बार बार किन बार्ताको नाममा भेटिरहनु पर्ने?