एमाले कोशीको प्रमुख सचेतकमा विदुर नियुक्त
नेपाल प्रेस
२०८१ मंसिर १७ गते १९:५३
विराटनगर । संखुवासभाबाट प्रदेशसभामा निर्वाचित विदुर लिङ्थेप नेकपा एमाले कोशी प्रदेशको प्रमुख सचेतक नियुक्त भएका छन् ।
नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
मुख्य सचेतक लिङ्थेप प्रदेशसभामा निर्वाचित हुनुअघि संखुवासभाको मादी नगरपालिकाका मेयर थिए । विद्यार्थी राजनीतिबाट उनी सक्रिय राजनीतिमा आएका हुन् ।
प्रमुख सचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानूनमन्त्री भएपछि खाली भएको पदमामा मुख्यमन्त्री कार्कीले विदुरलाई नियुक्त गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर