दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी
नेपाल प्रेस
२०८१ मंसिर १७ गते २१:४६
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी भएकी छन् ।
उनले २ हजार ८०५ मतसहित विजय हासिल गरेकी हुन् ।
माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् ।
गौरीशंकर गाउँपालिकामा २०७९ को निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । ९ वटा वडा रहेको गौरीशंकरमा ७ हजार ५९० मत खसेको छ ।
प्रतिक्रिया
2 thoughts on “दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी”
Leave a Reply
सम्बन्धित खवर
समग्रमा एमालेले सोचेजस्तो परिणाम ल्याएन । हुन त काँग्रेस खस्किनु एमालेको लागि सुखद हो । एमालेको अहिले निराशाजनक परिणामका मुख्य कारण
१. विदेशी शक्तिले मओवादी र एस च्यापेर एमाले हराउन लागे ।
२ दुर्या प्रसाईं जस्ता वाहियातले कम्बोडियाजस्तो हावा र फेक कुरा गर्दा पार्टीले पर्याप्त प्रतिकार गरेन ।
३ रविलाई थुन्ने ओलिजस्तो लाग्यो जनतालाई जबकि काँग्रेस माओवादी हुन् ।
४ बालेन, कुलमानका कामलाई तर्कसँगत भन्दा पनि मुढेबलले प्रतिकार गर्न खोजियो ।
५. एमाले नयाँ जनतासम्म पुग्न सकेन । एसमा अलमलिएका र डर, करले त्यता लागेकालाई अब फर्काउन ढिला भैसक्यो ।
६. सरकारमा गएपछि अलि धमाका दिन पनि पुगेन । काँग्रेसका मन्त्रीले काम नगरे पनि हल्ला गरेका छन् । त्यसको तुलनामा एमालेका मन्त्रीहरू हराएजतस्ता भए ।काम गरे पनि प्रचार भएन ।
अनि राजन दाहालजस्ता ४५ लाख कुम्लाउनेले एमाले र ओलि विरूद्व जथाभावि बोल्दा खोइ प्रतिकार ? सिन्धुली रामेछापमा उसले गरेका करतुत पर्दाफास गर्नु पर्दैन ? गोकुल बास्कोटा के को रिस पोख्दैछन् ? राष्ट्रपति भैसकेकोलाई पार्टीमा बोलाएर फेरि खाउँला भन्ठानेको ? जनताले लाज नभएको नकचरो पार्टी भन्छन एमालेलाई यदि विद्या पार्टी राजनीतिमा आएमा । केही खाईहाल्नुपर्ने एमालेहरू विद्यालाई उक्साईरहेको पनि देखिन्छ हाई ।