पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखामा प्रेस चौतारीले लगायो ताला
हेटौंडा । नेपाल पत्रकार महासंघले सक्रिय पत्रकारलाई संघको सदस्य हुनबाट विमुख गरेको भन्दै प्रेस चौतारी मकवानपुरले पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखामा तालाबन्दी गरेको छ ।
चौतारीले पत्रकार नै नरहेका फर्जी सदस्यहरुको सदस्यता खारेज, सक्रिय पत्रकारहरुलाई सदस्यता वितरणसहितको माग गर्दै तालाबन्दी गरेको प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले बताए ।
महासंघले वितरण गरेको फर्जी सदस्यको खारेजी र सक्रियहरुको सदस्यता वितरण नभएसम्म निर्वाचनको कुनै पनि गतिविधि नगर्न चौतारी मकवानपुरले माग गरेको छ । यथास्थितिमा निर्वाचन गर्न खोजे सशक्त बहिस्कार गरिने चौतारीको धारणा छ ।
यसअधि चौतारी चितवन र सिन्धुली शाखाले पनि महासंघको शाखामा तालाबन्दी गरिसकेको छ ।