कांग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा १० सदस्य मनोनीत
नेपाल प्रेस
२०८१ मंसिर १८ गते १५:०३
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा १० सदस्य मनोनयन गरेका छन् ।
पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे रहेका छन् ।
मनोनीत सदस्यहरु
- गणेश चन्द, सल्यान
- मधुसुदन पाण्डेय, काठमाडौं
- हेमलाल पुन, गुल्मी
- धर्मराज न्यौपाने, अछाम
- सिर्जना सिंह श्रेष्ठ, काठमाडौं
- रेखा प्रसाईं, सुनसरी
- जुमराती नदाफ, धनुषा
- लक्ष्मी परियार, तनहुँ
- रेणु चौधरी, कैलाली
- अनिता अर्याल, चितवन
प्रतिक्रिया
सम्बन्धित खवर