चितवनको बलिङविरुद्ध चलेन पोखराको ब्याटिङ, ७४ रनमा अलआउट
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको छ ।
१६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर १ बलमा ७४ रनमा समेटिएको हो । पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे ।
मार्कस क्रिचलेले १७ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कप्तान कप्तान तथा ओपनर कुशल भुर्तेल शुन्य, दिलिप नाथ ४, बास डे लिड शुन्य, किरण ठगुन्ना १, दिनेश खरेल १, रायमन रेइफर १, विपीन खत्री ९ र माइकल लिस्क शुन्य रनमा आउट भए ।
बलिङमा चितवनका शोहिल तन्भिर, लुक बेन्केनस्टाइन र रिजन ढकालले ३–३ विकेट लिएका छन् । तन्भिरले पहिलो ओभर र रिजनले चौथो ओभरमा ३–३ विकेट लिएका थिए ।
दीपक बोहराले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन जोडे । कप्तान कुशल मल्लले ३८ रनको योगदान दिएका थिए ।
बलिङमा चितवनका विपीन खत्री, रेम रेइफर र बास डि लिडले दुई-दुई तथा सागर ढकालले एक विकेट लिए ।