जापानमा यो वर्ष बढ्यो सामान्यभन्दा १.९७ डिग्री सेल्सियस तापक्रम – Nepal Press

जापानमा यो वर्ष बढ्यो सामान्यभन्दा १.९७ डिग्री सेल्सियस तापक्रम

टोकियो । जापान मौसम एजेन्सीले १२६ वर्ष पहिले रेकर्ड सुरु गरेदेखि सबैभन्दा तातो शरद ऋतु यो वर्षको भएको जनाएको छ ।

जापानी मौसम विज्ञान एजेन्सीले सोमबार आफ्नो वेबसाइटमा जापानमा यो वर्ष सामान्यभन्दा १.९७ डिग्री सेल्सियस तापक्रम बढी रहेको तथा यो सन् १८९८ पछिको सबैभन्दा धेरै तापक्रम रहेको उल्लेख गरेको छ ।

सेप्टेम्बर र नोभेम्बरको बीचमा टोकियोमा सामान्यभन्दा २.४ डिग्री सेल्सियस, मध्य शहर नागोयामा २.९ र उत्तरी साप्पोरो शहरमा १.२ डिग्री बढी तापक्रम थियो ।

जापानले यस वर्ष चरम गर्मीको रेकर्ड गरेको छ, जुन वैज्ञानिकहरूले जलवायु परिवर्तनको कारणले भएको बताएका छन् । -रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर