काठमाडौं शिक्षालयमा मनाइयो विश्व अपाङ्गता दिवस – Nepal Press

काठमाडौं शिक्षालयमा मनाइयो विश्व अपाङ्गता दिवस

काठमाडौं । काठमाडौं शिक्षालयमा अपांगता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइएको छ ।

मध्ये बानेश्वरस्थित काठमाडौं शिक्षालयमा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङगता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने नारासहित दिवस मनाइएको हो ।

कार्यक्रममा पारा एसियाली खेलकुलदमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने ह्वील चियर बास्केटबल–नेपालका प्रशिक्षक हिमाल अर्याल, टीम व्यवस्थापक राजेन्द्र खनाल र अर्का खेलाडी फनिनारायण पौडेलको उपस्थितमा विद्यालयका भाइबहिनीहरूलाई आफ्ना जीवनमा आइ परेका समस्या र त्यसको समाधान गरेको सङ्घर्षले जीवनमा प्राप्त गरेको सफलताको अनुभव व्यक्त गरे ।

कार्यक्रममा विद्यार्थीहरूले सोधेको प्रश्नमा उनले जीवनमा कहिलै पनि हार खान नहुने सन्देश व्यक्त गर्दै आगामी दिनमा काठमाडौँ शिक्षालयसँग अन्य खेलकुदका विषयमा सहयात्रा गर्दै अगाडि बढ्ने प्रतिवद्धा व्यक्ति गरेका थिए ।

कार्यक्रममा काठमाडौँ शिक्षालय अन्तर्गत विद्यालयहरू विनायक शान्ति निकेतन थापाली, काठमाडौं शिक्षालय ललितपुर र एसभि एकेडेमी शङ्खमुलमा अध्ययनरत विद्यार्थीको उपस्थिति थियो ।

यस अवसरमा काठमाडौँ शिक्षालय नेटवर्कका अध्यक्ष प्रकाश राज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने उक्त कार्यक्रमको प्रस्तोता काठमाडौँ शिक्षालयका प्रशासनिक निर्देशक हरिप्रसाद खनालले गरेको थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *