मानवअधिकार आयोगसँग रविको माग : ममाथि चितवन प्रहरीले गरेको अमानवीय व्यवहारको छानबिन होस् – Nepal Press

मानवअधिकार आयोगसँग रविको माग : ममाथि चितवन प्रहरीले गरेको अमानवीय व्यवहारको छानबिन होस्

काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले भेटेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर आयोगको पोखरा क्षेत्रीय कार्यालयकी निर्देशक नीतु गड्तौला सहितको टोलीले लामिछानेसँग भेटेको हो ।

आयोग प्रतिनिधिसँगको भेटमा रविले आफूलाई अमानवीयरुपमा मध्यरातमा उठाएर चितवनबाट कास्की ल्याइएको गुनासो पोखे । यस विषयमा आयोगले छानबिन गर्नुपर्ने माग पनि उनले राखेका छन् ।

मानवअधिकार आयोगका प्रतिनिधिसँग रविको भनाइ थियो, ‘मलाई सान्त्वना चाहिएको होइन, घटनाको छानबिन हुनुपर्छ । मलाई चितवनबाट कास्की ल्याउने क्रममा जुन हर्कत गरियो, त्यसको सत्यतथ्य आयोगले छानबिन गराओस् ।’

रविले आफ्नो स्वास्थ्य स्थिति ठिक नरहेको बताउँदा बताउँदै मध्यरातमा जबरजस्ति उठाइएको बताए । आफूलाई उठाउन आएका प्रहरीमध्ये एक जनाले मादक पदार्थ सेवन गरेको उनको दाबी थियो ।

‘पहिले मेरो स्वास्थ्य स्वास्थ्य परीक्षण गराइयोस्, यदि स्वस्थ ठहर भएमा अहिल्यै जान पनि मलाई आपत्ति छैन भनेर याचना गर्दा पनि प्रहरीले मानेनन्’, रविको भनाइ उद्वृत गर्दै रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराले भने । चितवनबाट कास्की ल्याएपछि ब्लडप्रेसर जाँच गर्दा १८०÷९० पाइएको उनको भनाइ छ ।

आयोगकी निर्देशक गड्तौलाले लामिछानेको अवस्था बुझ्नका लागि हिरासतमा आएर भेटेको बताइन् ।

उनले भनिन्, ‘हामी अनुगमनका लागि आएका हौं । सबै सूचनाहरु संकलन गरेका छौं । यसै आधारमा अब केन्द्रीय कार्यालयमा रिपोर्टिङ गर्ने छु ।’


प्रतिक्रिया

2 thoughts on “मानवअधिकार आयोगसँग रविको माग : ममाथि चितवन प्रहरीले गरेको अमानवीय व्यवहारको छानबिन होस्

  1. अति भयो ।ओलिको हस्तक्षेप हुनुपर्यो तुरून्त । अरबौं खाने भागेका छन् रविमाथि नाटक किन ? काँग्रेस र एमालेसँग जनता चिढिदै गएका छन् ।

  2. के देखियो भने : “रास्वपा ओली खेद्ने, कांग्रेश रबी खेद्ने”
    ==================================
    १. उचाइ बढ्ने हिसाब ठानेर रबि पार्टी (रास्वपा) ओली माथि जाइलागे : त्येही मौकामा, आफुलाई पठेरो पार्ने रबी हुन् भनेर कांग्रेश रबी सिध्याउन जाइलाग्यो !!
    २. रविको हरेक कदममा ओली बाधक हैन सहयोगी र उत्प्रेरक रहे : पत्रकारितामा पहिलो फड्को, अरुले नचाहदा पनि २-२ पल्ट गृहमन्त्री (कसैले भन्न सक्छ ओलीले जोड नगरेको भए रबी गृहमन्त्री बन्न सक्थे?) अनि रोस्टमबाट ‘रबी र तोशिमाको उम्मेद्वारी’ माथि प्रचण्ड – कांग्रेश गठबन्दन सरकारले गरेको ज्यादती बिरुद्द बोलेको !! तर रबी अनि उनको पार्टीले त्येशलाई ओलीको कमजोरी सम्झियो र जाइ लाग्यो !! ओलीको प्रतिसोध लिन पर्ने एमाले र ओलीलाई किन छ र पर्यो ?
    ३. सहकारीमा रबीको दोष कत्ति हो त्यो पछि आउला तर रबीलाई प्रमाण देखाउंदै दोषी करार गरेर संसद रोक्यो : प्रचण्डको मौन समर्थन उल्लेख्य छ त्येहाँ !! तर ओलीले ब्येक्ति केन्द्रित अनुसन्धान र त्येस्तो आयोग बन्नु हुन्न, समग्रमा खोजि गरम अपराधि भनेको कुरा वास्तवमा रबीको खेदो खनेको हैनथ्यो, बरु थिति र सिस्टम बन्नौने र त्येही सिस्टममा सबै चल्ने र चल्नु पर्ने ब्येवास्था गर्न गरेको प्रयाश थियो !!
    ४. हुँदा हुँदा : जस्तो सुकै अपराधि भए पनि गर्न नहुने, सुतेको बेला आफ्नै नियन्त्रणमा भएको ब्येक्तिलाई उठाएर रातारात स्थान्तरण गर्न पर्ने के पर्यो त्येस्तो ?? पहिले पन्चे हरुले गर्थे, पछि ‘प्रचण्डपथ’ ले गर्यो : कांग्रेश भनाइमा लोकतान्त्रिक भए पनि कांग्रेश खासमा त्येही हो : अमानबीय !!! कांग्रसको गृहमन्त्री : तिनको तुजुक छरपस्ट छ : फेरी रबी पार्टी ओली माथि खनिन्छ : अबुझता र अविवेकी अनि अराजनीतिक संस्कार !!!
    ५. अलि धेरै बुझ्नेहरुले बुझेनन् यो कुरा !! रबी पार्टी ओलीको पछि लागे कांग्रेसले रबी खेद्यो : ती दुवै गलत !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *