धनगढीका मेयर हमाल अस्वस्थ, आईसीयूमा राखेर उपचार हुँदै
कैलाली । जिल्लाको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल अस्वस्थ भएका छन् । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहितले मेयर हमाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री भण्डारीले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्योपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएका छन् ।
टोलीमा प्रदेशसभा सदस्य धर्मराज पाठक र एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगाना पनि थिए ।
‘मन्त्रीज्यूले भेटेर स्वास्थ्य लाभको कामना गर्दै उपचारमा अझै गम्भीर हुन चिकित्सक टोलीलाई भन्नुभएको छ’, अध्यक्ष ढुङ्गानाले भने, ‘अहिले उहाँको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदैछ ।’