१ करोडभन्दा बढीको सुनचाँदीसहित ३ जना पक्राउ
काठमाडौं । कैलालीमा एक करोड रुपैयाँ भन्दा धेरै मूल्यको सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जना पक्राउ परेका छन्
सशस्त्र प्रहरीले भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ सुर्खेतका चौकुनी गाउँपालिका-१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका-१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका-११ बस्ने ३२ वर्षीय महेश सुनारलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतको बोर्डर आउट पोष्ट ९बीओपी० पगियापसारले उनीहरूलाई उक्त सामानसहित नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गर्दा शङ्का लागि जाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ मूल्य पर्ने ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडा फेला परेको हो ।
पक्राउ परेकाहरूलाई बरामद सुन ,चाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको छ ।उनीहरुको साथमा रहेको सामानको स्रोत नखुलेपछि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको हो।