सार्क बडापत्रको ४० वर्ष- प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबाट शुभकामना
काठमाडौं ।आज दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) बडापत्र तयार भएको ठीक ४० वर्ष पुगेको छ । यसै मेसोमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सदस्य देशहरुलाई शुभकामना दिएका छन् ।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको जानकारी अनुसार प्रधानमन्त्रीले शान्त, सम्बृद्द र एकिकृत दक्षिण एसिया बनाउन सार्कको बर्तमान अध्यक्ष नेपाल कटिबद्ध भएको बताएका छन् ।
यस्तै परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले सार्क स्थापनाको मर्म अगाडि जानुपर्ने भन्दै सामूहिक चुनौती सामना गर्न सामुहिक ऐक्यवद्दता हुनुपर्ने र सार्क क्षेत्रका जनताको जीवनस्तर सुधार्नुपर्ने बताएकी छन् ।
सन १९८५ डिसेम्बर ८ मा बङ्गलादेशको राजधानी ढाकामा तयार भएको बडापत्रको आधारमा सार्क स्थापना भएको थियो । सार्क स्थापनाको दुई सालपछि सन १९८७ जनवरी १७ मा सार्क मुख्यालय काठमाडौंमा स्थापना भएको थियो ।
सन २०१४ मा काठमाडौंमा भएको १८ औ सार्क शिखर सम्मेलनपछि अरु शिखर सम्मेलन भएको छैन । १९ औं शिखर सम्मेलन पाकिस्तानमा हुने तय भएतापनि भारत र पाकिस्तानको शत्रुताले हुन सकेको छैन । दशकबाट सार्क कामचलाउ मात्र भएको छ ।