भ्रष्टाचारको विरोधमा प्लेकार्ड बोकेर बर्दीधारी प्रहरीको प्रदर्शन (तस्बिरहरू)
काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको छ ।
ट्रान्स्परेन्सी इन्टरनेसनल नेपालको आयोजनामा जिल्ला प्रहरी परिसर भद्रकाली र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरीहरुले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।
भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ ।
आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन् ।
प्रत्येक वर्षको डिसेम्बर ९ तारिफका दिन यो दिवस मनाइँदै आएको छ।
संयुक्त राष्ट्रसंघले सन् २००३ को डिसेम्बर ९ मा भ्रष्टाचारविरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माहोल बनाउन भ्रष्टाचारविरुद्धको महासन्धिलाई सदस्य राष्ट्रबाट अनुमोदन गराउन आग्रह गर्दै दिवस मनाउने घोषणा गरेको हो ।