अस्पताललाई महाराजगञ्ज नगरपालिकाको आर्थिक सहायता
नेपाल प्रेस
२०७८ वैशाख २७ गते १७:३५
कपिलबस्तु । जिल्लाको महाराजगञ्ज नगरपालिकाले जिल्ला अस्पताल तौलिहवालाई आर्थिक सहायता प्रदान गरेको छ ।
नगरपालिकाले जिल्ला अस्पतालको समग्र स्वास्थ्य सेवालाई थप सुधार तथा कोभिड –१९ का सङ्क्रमित उपचारका लागि रु ५ लाख सहायता प्रदान गरेको हो ।
कोभिडका सङक्रमित बढ्दै गएको अवस्थामा आइसोलेशन र अक्सिजनको ब्यवस्थापनका लागि रकम प्रदान गरिएको उपप्रमुख शुभवति कुर्मीले जानकारी दिए ।
अस्पतालको स्वास्थ्य सेवा सुधारका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
रासस
प्रतिक्रिया