चन्द्रनिगाहपुर दुर्घटना अपडेट : चालक निदाएपछि गाडी रुखमा ठोक्कियो, मृतक आठमध्ये दुईको पहिचान – Nepal Press

चन्द्रनिगाहपुर दुर्घटना अपडेट : चालक निदाएपछि गाडी रुखमा ठोक्कियो, मृतक आठमध्ये दुईको पहिचान

जनकपुरधाम । रौतहटको चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक भएको स्कार्पियो दुर्घटनामा मृतक आठ जनामध्ये चालक र एक यात्रुको पहिचान खुलेको छ ‌‌।

गढ़ीमाई मेलाबाट सिरहाको अर्नमा फर्किन लागेको बा १६ च ३१६२ नम्बरको गाडी राति १:१५ बजे दुर्घटना भएको थियो । गाडीमा सवार ८ जनाको मृत्यु भएको छ भने बालबालिकासहित ४ जना घाइते छन् ।

मृतक र घाइते सबै सिरहाको अर्नमा गाउँपालिका ३ का हुन् । मृतकमध्ये गाडी चालक ४५ वर्षीय श्रीप्रसाद यादव र यात्रु ६० वर्षीया फुलमन्ति राम रहेकी छन् । अन्य ६ जनाको आफन्त आएपछि पहिचान खुल्ने प्रहरीले जनाएको छ ।

रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार गाडी रुखमा ठोक्किएको र त्यहाँको अवस्था हेर्दा चालक निदाएपछि गाडी अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ ।

मृतकको शव अहिले चन्द्रनिगाहपुरकै सिभिल हस्पिटलमा राखिएको र घाइतेको उपचार पनि त्यही भइरहेको छ । गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *