बीआरआईका दश परियोजनाः कुनमा के व्याख्या गरिएको छ ? – Nepal Press

बीआरआईका दश परियोजनाः कुनमा के व्याख्या गरिएको छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताको दस्तावेज मंगलबार सार्वजनिक भएको छ । डिसेम्बर ४ मा बेइजिङमा भएको सम्झौता एक हप्तामा सार्वजनिक भएको हो । बजारमा बीआरआईका दश परियोजनाको चर्चा बढी छ ।

बीआरआई फ्रेमवर्क सम्झैताको आयु तीन वर्षको छ र तीन वर्ष स्वत थप हुने भनिएको छ । कुनै पक्षले रद्ध गर्न चाहेमा तीन महिना अगाडि लिखित जानकारी दिएर गर्न सक्ने भनिएको छ । सम्झौता रद्ध भएमा पनि कुनै जारी परियोजनामा असर नगर्ने भनिएको छ । साथै चीनसँगको सम्झौताले तेस्रो देशसँगको सम्झौतामा असर नगर्ने पनि बताइएको छ ।

यो सामाग्रिमा बीआरआईमा छानिएका १० परियोजनामा कुनको व्याख्या कसरी गरिएको छ भनेर उल्लेख गरिएको छ ।

१. टोखा छहरे सुरुङः नेपाल चीन व्यापार आवागमनको समय छोट्याउन

सम्झौतानमा टोखा छहरे सुरुङमार्गले नेपाल र चीनको व्यापार समय छोट्याउने बताइएको छ । सामाखुशी, छहरे र बिदुरसम्मको सडक संजाललाई छोट्याउने परियोजनामा यो परियोजना राखिएको छ । सडक सुरक्षा र आर्थिक वृद्धिमा पनि यसले सहयोग पुर्याउने भन्दै दुई पक्षले सभ्याव्यता अध्ययनको पत्र आदानप्रदान गर्ने बताइएको छ ।

२. हिल्सा सिमिकोट सडकः नेपाल चीन तथा उत्तर दक्षिण कोरिडोर

नेपालको कर्णालीको चीनसँगको संजाल मात्रै होइन उत्तर दक्षिण कोरिडोरको लागि हिल्सादेखि ५३६ किलोमिटर मुनिको जमुनियासम्मको उत्तर दक्षिण सडक संजालको लागि यो परियोजना भनिएको छ । हिल्सा सिमिकोट सडकलाई दुई लेनको बनाउनेमा दुई पक्षले यस अगाडि नै पत्र आदानप्रदान गरिएको लेखिएको छ ।

३. किमाथांका सडकः उत्तर दक्षिण जोड्ने आठमा एक महत्वपुर्ण परियोजना

किमाथांका खाँदवादी सडक तथा पुल परियोजनालाई नेपालबाट भारत र चीन दुवै देश जोड्ने आठ उत्तर दक्षिण सडकमा एक भनिएको छ । मोरङदेखि संखुवासभासम्मको यो कोरिडोरको लम्बाई ३४५ किलोमिटर हाराहारी हुने बताइएको छ । नेपालको सिगात्सेसँगको संजालमा यो छोटो भएर ल्हासासँगको व्यापार सहज हुने बताइएको छ ।

४. केरुङ रेलः रसुवा छिचोल्दै नेपाल चीन जोड्ने प्रथम रेलवे

परियोजना चारमा राखिएको नेपालतर्फको नेपाल चीन सीमापार रेल वेलाई दुई देश जोड्ने प्रथम रेल भनिएको छ । यो रेल रसुवाबाट आउने बताइएको छ । यसले नेपाल र चीनको सिमा सम्पर्क भएर व्यापारिक सम्बन्ध बढ्ने बताइएको छ ।

५. अमरगढी सिटी हलः डडेलधुराको आधुनिक सभाहल

डडेलधुराको अमरगढी नगरपालिकामा बन्ने सिटी हल नगरपालिकाको आधुनिक हल हुने बताइएको छ । यसलाई नगरपालिकाको प्रशासकीय क्षेत्रको रुपमा प्रयोग हुने बताइएको छ ।

६. रसुवागडी चिलिमे सीमापार प्रशारण लाइनः दुई देश जोड्ने लाइन

नेपाल र चीनलाई सडक मात्रै होइन प्रशारण लाइनबाट पनि जोड्नको लागि ल्याइएको जिलोङ रसुवागढी चिलिमे प्रशारण लाइन २२० केभीको हुने बताइएको छ भने दुवै पक्षले प्राविधिक समाधानमा पुगेको बताइएको छ ।

७. मदन भण्डारी विश्वविद्यालयः अन्तराष्ट्रिय दक्षताका विद्यार्थी उत्पादन गर्ने

नेपालको नयाँ विश्वविद्यालय भएता पनि विज्ञान र प्रविधिको क्षेत्रमा आवश्यक उच्चस्तरीय दक्ष र विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय भनिएको छ ।

८. काठमाडौं विज्ञान केन्द्र तथा संग्राहालयः युवा वैज्ञानिकको अध्ययन केन्द्र

काठमाडौंमा खोलिने काठमाडौं विज्ञान केन्द्र तथा संग्रहालयले युवा वैज्ञानिक तथा विज्ञान क्षेत्रका पेशाकर्मीले अध्ययन गर्ने थलोको रुपमा व्याख्या गरिएको छ । केन्द्र अत्याधुनिक हुने बताइएको छ । नेपालको नवप्रवर्तन, खोज अनुसन्धान र विकासको क्षेत्रमा यो केन्द्र हुने बताइएको छ ।

९. नेपाल चीन मैत्रि औद्योगिक क्षेत्रः पूर्वको विकासको केन्द्र

झापाको दमकमा बनाइने भनिएको नेपाल चीन मैत्रि औद्योगिक क्षेत्रलाई नेपाल र चीनको असली मित्रताको बिम्ब हुने बताइएको छ । पूर्व क्षेत्रको आर्थिक विकास तथा जनस्तर सुधार्न यो प्रधावकारी हुने बताइएको छ ।

१०. झापा खेलकुद केन्द्रः आधुनिक खेलको कलात्मक पुर्वाधार

झापा खेलकुद तथा खेलाडी केन्द्रलाई बहुआयामिक र आधुनिक सेवासुविधा सम्पन्न पुर्वाधारको रुपमा विकास गरिने बताइएको छ । खेल तथा खेलाडीको लागि दिगो तथा अन्तराष्ट्रिय सेवा सुविधाहरु हुने बताइएको छ । फूटबल, क्रिकेट, एथ्लेटिक्स लगायतका खेलहरु यसमा जोडिने बताइएको छ । केन्द्रमा क्षेत्रिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरु आयोजना गरिने बताइएको छ ।


प्रतिक्रिया

One thought on “बीआरआईका दश परियोजनाः कुनमा के व्याख्या गरिएको छ ?

  1. अब महत्वपूर्ण चरणमा हामी प्रवेश गरेका छौं । यी आयोजनाहरूलाई समयबद्व गरेर निर्माण गर्नतिर लागेनौं भने भजन गाएर मात्र केही हुनेवाला छैन । चीनले पहिला बनाउन आनाकानी गरेको कारणञ सबै चिजलाई बिआरआइको छातामुनि हाल्न नपाएर हुनसक्छ । अब त उ पनि सक्रिय भएर आउनुपर्छ । जे भए पनि हामीलाई उत्तरतर्फ पनि पर्याप्त नाकाहरू खोल्नु छ । चीनले बिआरआईलाई विश्वव्यापी प्रतिष्ठाको विषय बनाएको छ । साथै पछिल्लो चरणमा विकास गरिरहेको चीनको तिब्बत क्षेत्रलाई नेपालसँग जोडिदिंदा त्यस क्षेत्रमा पनि थप विकास हुने संभावना चीनले देखेको छ । यस्तो मौका सितिमिति आउँदैन । ओलि सरकारमा हुँदै खेरी यी काम फटाफट अघि बढेको देख्न पाईयोस् । अरूले त रोक्छन मात्र । भाँजो हाल्ने तत्व त यहाँ प्रशस्तै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *