नाफिजको ’समृद्धिका तगारा’ जर्नल विमोचन
काठमाडौं । आर्थिक पत्रकारको छाता संगठन नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को जर्नल सार्वजनिक भएको छ ।
नफिजको १५ ओै वार्षिक साधरण सभा तथा सातौँ महासभाको अवसरमा नफिजको वार्षिक प्रकाशन अर्थचित्र जर्नल सार्वजनिक गरिएको हो ।
नाफिजको महासभामा प्रमुख अतिथी पृथ्वीसुब्बा गुरूङ, निजि क्षेत्रका व्यावसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले महासभाको मञ्चमा जर्नल एकसाथ बिमोचन गरेका हुन् ।
आर्थिक आयामका विविध विषयवस्तु समेटिएको जर्नलमा विभिन्न क्षेत्रका नेतृत्वकर्ता तथा जानकार लेखहरू समावेश गरिएको छ ।