नेतृत्वविरुद्ध घेराबन्दी बढेपछि गरेको सभामा आउने आधा घटे, कार्यशैली सुधार्नुको विकल्प छैन: पीएस गुरुङ (भिडिओ) – Nepal Press

नेतृत्वविरुद्ध घेराबन्दी बढेपछि गरेको सभामा आउने आधा घटे, कार्यशैली सुधार्नुको विकल्प छैन: पीएस गुरुङ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी नेतृत्व र सरकारविरुद्ध घेराबन्दी बढेपछि प्रतिवाद गर्न पार्टीले गरेको सभामा नेता कार्यकर्ता उपस्थित नभएकोप्रति असन्तुष्टि जनाएका छन् ।

सञ्चारमन्त्रीसमेत रहेका गुरुङले एमाले लमजुङ-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौंमा गरेको जागरण सभामा पहिलेको भन्दा आधा उपस्थिति घटेको बताए ।

उनले भने, ‘अरुले के बुझेको छ, थाहा छैन । अध्यक्षलाई धेरैले भनेका होलान्, धेरै राम्रो भयो कमरेड प्रोगाम भनेर । त्यस्तो भन्न चाहिँ च्यासल र बालुवाटारमा पुग्नेहरु पार्टीभित्र कुनै कमी छैन । साँचो कुरा चाहिँ पहिले हामीले माधव नेपालले पार्टी टुक्राएर जाँदाखेरि गरेको त्यो सभाभन्दा आधा कम थियो । अहिले सरकारमा छौं, ठूलो पार्टी भनेका छौं, अरु पार्टीबाट नेताहरु पनि आएका छन् भनेर धाक लगाइरहेको पार्टीले बोलाएको सभामा काठमाडौं भ्यालीको अनुहार मैले देखिनँ । यसो हिँडेको पनि हुँ । गण्डकीबाट एक हजार आए, अरु प्रदेशबाट अलिअलि आए । त्यो कार्यक्रममा सम्पर्क मञ्चले अलिकति नधानेको भए हाम्रो इज्जत जाने रहेछ । पहिलेको भन्दा आधा नै सही इज्जत, चाहिँ धानियो, तर मान्छेले भने– एमाले त सकिएछ, कमजोर भएछ ।’

उनले पार्टीभित्रको कार्यशैलीमा भद्दापन भएर जनताले विश्वास नगरेको बताए । उनले गल्ती स्वीकारेर कार्यशैली सुधारेर अघि बढ्नुपर्ने बताए ।


प्रतिक्रिया

4 thoughts on “नेतृत्वविरुद्ध घेराबन्दी बढेपछि गरेको सभामा आउने आधा घटे, कार्यशैली सुधार्नुको विकल्प छैन: पीएस गुरुङ (भिडिओ)

  1. यस्ता विषय पार्टीभित्र छलफल गरेर कमजोरी पत्ता लगाएर समाधानतिर लाग्ने हो । बाहिर छरपष्ट गर्ने होईन । यो मान्छेको कहिल्यै ढंग पुगेको देखिएन ।मुख च्यातिदिन्छु भनेर त सार्वजनिक रूपमै भनिदिनेलाई के भन्नु? कि ओलि र एमालेलाई अप्ठ्यारो पार्ने हुन यी ?

  2. कहाँ के बाेल्नुपर्छ भन्ने त थाह हुनु पर्ने हाे यतिकाे नेतालाई । तर बाेलेकाे सुन्दा अचम्म लाग्छ । मन्त्री भएपछिका सबै बाेलिहरु एकै ठाउँमा राखेर हेर्ने हाे भने यिनकाे अनुहार कस्ताे देखिन्छ हाेला ?

    1. कतै ओलि र एमाले विरूद्व यी नजानिद‍ो गरि परिचालित भएका त होईनन ? आफ्नो स्वार्थको लागि पार्टीका अशोक राईजस्ता जनजाती नेता उचालेर छोडन बाध्य पार्नेमा यी पनि हुन क्या र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर