पत्रकार महासङ्घ निर्वाचन  : उपत्यकामा सेन्टरको साथ पाउँदा समाजवादी प्रेस सङ्गठनलाई उल्लेख्य सफलता – Nepal Press

पत्रकार महासङ्घ निर्वाचन  : उपत्यकामा सेन्टरको साथ पाउँदा समाजवादी प्रेस सङ्गठनलाई उल्लेख्य सफलता

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचनमा नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस सङ्गठनले काठमाडौं उपत्यकामा उल्लेख परिणाम हासिल गरेको छ ।
देशैभरी माओवादी केन्द्रनिकट प्रेस सेन्टर र नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस सङ्गठनले सहकार्य गरेर निर्वाचनमा होमिएका थिए । उपत्यकामा सेन्टरको साथ पाउँदा समाजवादी प्रेस सङ्गठनका ७ जना निर्वाचित भएका छन् ।
उपत्यकाको उपाध्यक्षमा रमा न्यौपाने र महासचिवमा उक्त सङ्गठनका प्रदेश अध्यक्ष आशिष गुरागाईँ निर्वाचित भए । काठमाडौंमा खुला उपाध्यक्ष हेमकुमार राना (कमल), महिला उपाध्यक्षका विजेता कान्ति न्यौपाने र दलित सदस्य गणेश विक समाजवादीका हुन् ।
ललितपुरमा सहसचिवमा निर्विरोध हुने सौगात मिश्र समाजवादीका उम्मेदवार थिए । भक्तपुरमा सहसचिवको चुनाव जितेका दिनेश कार्की र सदस्य मनोज फुयाँल पनि समाजवादी प्रेस सङ्गठनका हुन् ।
काठमाडौं जिल्ला अध्यक्षमा चौतारीका उम्मेदवार पुष्कर बस्नेतलाई माओवादीसम्बद्ध प्रेस सेन्टरकी शोभा अर्यालले हराइन् । ललितपुरमा समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य रमेश तिम्सिनालाई चौतारीले आफ्नो उम्मेदवार बनायो । उनले हारे ।
भक्तपुरमा चौतारीको अध्यक्ष उम्मेदवार नहुँदा त्यहाँ युनियनका सुन्दर सिल्पकारले अध्यक्ष जिते । उपाध्यक्षमा  चौतारीका उम्मेदवार हेमराज ढकालले मात्रै जिते ।
त्यहाँ चौतारीसम्बद्ध वरिष्ठ पत्रकार गोपाल खनालसहितले केन्द्रीय पार्षद्मा हारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *