संस्थापक मेयरको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा
नेपाल प्रेस
२०८१ पुष १ गते ९:०९
काठमाडौं । काठमाडौं महानगरले संस्थापक मेयर पीएल सिंहको निधनमा शोक बिदा दिएको छ ।
काठमाडौंको पहिलो मेयर सिंहको सोमबार निधन भएको थियो । महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।
विक्रम संवत २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गर्नु पूर्व सिंह काठमाडौंका प्रमुख थिए ।
प्रमुखका रूपमा महानगरपालिमा रहँदा समाज सेवाका लागि पुर्याएको उच्च सम्मान गर्दै बिदा दिइएको महानगरले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर