एनपीएल : छक्काबिनै सकियो कर्णालीको इनिङ, सुदूरपश्चिमलाई १०२ रनको झिनो लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएली)मा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स १०१ रनमा रोकिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनायो ।
कर्णालीका जिसन मक्सदले सर्वाधिक ३० रन जोडे । बाबर ह्यायतले १३, चाडविक वाल्टनले ११, विलियम वासिष्ठाले १६ र कप्तान सोमपाल कामीले ११ रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुल्सन झा २, देव खनाल ७ र रित गौतम शून्य रनमा आउट भए । कर्णालीले इनिङ भरी नै एउटा पनि छक्का प्रहार गर्न सकेन।
बलिङमा सुदूरपश्चिमका बलर हाबी भए । हर्मित सिंहले ३, स्कट कुइगेलेन र कप्तान दीपेन्द्रसिंह ऐरीले २(२, सेफ जफरले एक विकेट लिए ।
सुदूरपश्चिम यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ । प्लेअफमा स्थान बनाउन कर्णालीलाई जित्नुपर्ने हुन्छ । झिनो हारले पनि कर्णालीलाई प्लेअफमा पुर्याउन सक्छ।