लोडसेडिङ हुन नदिन भारतबाट ६५० मेगावाट विद्युत आयात हुन्छः ऊर्जामन्त्री खड्का (भिडिओ) – Nepal Press

लोडसेडिङ हुन नदिन भारतबाट ६५० मेगावाट विद्युत आयात हुन्छः ऊर्जामन्त्री खड्का (भिडिओ)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले भारतबाट ६५० मेगावाट विद्युत आयात गर्न लागिएको बताएका छन् ।

मन्त्री खड्काले नेपालभित्रको आन्तरिक विद्युत आपूर्तिलाई सहज बनाउन भारतसँग ६५० मेगावाट विद्युत खरिद गर्न लागिएको बताएका हुन् ।

हिउँदमा विद्युत आपूर्ति सहज बनाउन भारतसँग ६५० मेगावाट विद्युत आयात गर्ने सहमति भएअनुरुप पुस महिनादेखि नै खरिद गरिने उनको भनाइ छ ।

उनले गत वर्षको बाढीले जलविद्युत आयोजनाहरुमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिन भारतसँग विद्युत पुस महिनाबाट खरिद गर्न लागिएको बताए ।

सरकारले क्षति भएका आयोजनाहरुको निर्माणमा तीब्रता दिएको भन्दै ऊर्जामन्त्री खड्काले विद्युत माग र आपूर्ति सहज बनाउने विषयमा सरकार गम्भीर रहेको बताए ।

‘गत वर्षको भन्दा साढे ३०० मेगावट जति यस वर्ष उत्पादन थप हुने र हिउँदामा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने भएकाले सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाइएको छ’, उनले भने, ‘साँझको बेला भारतले चार घण्टा दिनसक्ने बताए पनि भारतसँग थप छलफल गर्ने तयारी छ ।’

उनले भारतका ऊर्जामन्त्री नेपालमा आउने तयारी रहेको बताए ।

‘केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान छ, तर विगतको जस्तो अहिले पनि फरक पर्ने स्थितिमा छैनौं । नेपालले ९०० मेगावाटसम्म आपूर्ति गर्ने गरेका थियौं । साढे ६०० मेगावाट आपूर्ति गर्ने भयौं । नेपालभित्रै साढे ३०० मेगावाट थप हुने भयो । यसले विद्युत सप्लाईलाई खासै ठूलो असर पर्दैन’, ऊर्जामन्त्री खड्काले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *