ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।
मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपनि बैंकको साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने बैंकले जनाएको छ ।
यसैबीच नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि लाभांश दिने घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यो लाभांश गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागिएको समेत संस्थाले जनाएको छ ।