एमालेलाई जरासम्म लैजान कमिटीले पूरा गर्नुपर्ने १३ बुँदे कार्यभार – Nepal Press

एमालेलाई जरासम्म लैजान कमिटीले पूरा गर्नुपर्ने १३ बुँदे कार्यभार

नेकपा एमाले केन्द्रीय संगठन विभागले मंसिर २९ र ३० गते संगठनको लक्ष्य उद्देश्य र उपलब्धि, समस्या र समाधानबारे निष्कर्ष निकाल्ने र पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न स्थानीय तहको जरा केन्द्रित कार्यक्रमको आयोजना गरेको थियो । दुईदिने राष्ट्रिय कार्यशालाले ६ बुँदे संकल्प प्रस्ताव पास गरी सिंगो पार्टी कमिटी र जनसंगठनलाई स्थानीय संगठन, टोल तह र घरदैलोसम्म पार्टीका विचार, नीति, कार्यक्रम लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

आजसम्म आयोजित कार्यक्रममध्ये यो कार्यक्रमले उच्च प्राथमिकता पाएको थियो भन्ने कुरा पार्टी अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवलगायत अन्य पदाधिकारीहरू, पोलिटब्युरो र केकससमेतको उपस्थितिले पुष्टि गरेको छ । संगठन विभागको इन्चार्जको कार्यपत्र संगठनको क्षेत्रको बारेमा विहंगम ऐन थियो । समस्या र समाधानको सटिक मार्ग दर्शन थियो । यो कार्यक्रमको मुटु नेतादेखि कार्यकर्तासम्म कसरी पार्टी निर्माणमा कमा र रेफ नभनी एकताबद्ध भएर लाग्ने स्पष्ट खाका थियो । नेकपा एमालेलाई राष्ट्रिय शक्ति बनाउन पार्टीलाई जनताको मन-मुटुसम्म कसरी पुर्‍याउने अर्थात जरासम्म कसरी पुर्‍याउने ? यसबारेमा व्यापक छलफल गरी निष्कर्ष निकालेर राष्ट्रिय कार्यशालाको समापन भएको थियो । यही सेरेफेरोमा आलेख तयार गर्ने जमर्काे गरेको छु ।

पार्टीलाई जरासम्म पुर्‍याउन सुदृढ विचार, कुशल नीति, नेतृत्व र संगठक, जुझारु, अनुशासित संगठन, जनमुखी कार्यक्रम र जनताका अजेन्डा हुन आवश्यक छ । सिद्धान्त नीति र कार्यक्रम जतिसुकै राम्रा भए पनि यसलाई बोकेर हिँडने र लागू गर्ने नेता, नेतृत्व र कार्यकर्ता छैनन् भने यी सबै विषय किताबको पानामा अर्थात परिपत्र र नेताको घर्रामा थन्किन्छन् । अहिले एमालेमा आफूभन्दा माथिल्लो नेतृत्वमा असन्तुष्टि र अविश्वासले घर गरेको छ । मातहत कमिटी पनि औपचारिकतामा सीमित हुने र काम पन्छाउने, जिम्मेवारी पूरा नगर्ने परिपाटी देखिन्छ ।

सिद्धान्त नीति र कार्यक्रम जतिसुकै राम्रा भए पनि यसलाई बोकेर हिँडने र लागू गर्ने नेता, नेतृत्व र कार्यकर्ता छैनन् भने यी सबै विषय किताबको पानामा अर्थात परिपत्र र नेताको घर्रामा थन्किन्छन् । अहिले एमालेमा आफूभन्दा माथिल्लो नेतृत्वमा असन्तुष्टि र अविश्वासले घर गरेको छ ।

राम्रा प्रतिवेदन बुझाउने र नेतृत्वलाई खुशी बनाउन काममा सीमित हो कि भन्ने कुरा यस पटकको स्थानीय तहको निर्वाचनबाट पनि अनुभूत हुन्छ । पार्टीले अंगीकार गरेको राष्ट्रिय शक्ति निर्माण र मिशन २०८४ पूरा गर्न पार्टीलाई जनस्तरमा नपु¥याइ सम्भव छैन । त्यसैले नेकपा एमालेको पार्टी कामलाई जनस्तर अर्थात जरा सम्म लैजाने र संगठनलाई बलियो बनाउन निम्न उपायहरू अपनाउनुपर्छ, जसबाट पार्टीलाई तल्लो तहसम्म जनमुखी, प्रभावकारी र सशक्त बनाउन सकिनेछ र वाञ्छित लक्ष्य प्राप्त गर्न सकिन्छः

१. संगठन निर्माण र सुदृढीकरण

संगठन निर्माण र सुदृढीकरण भनेको संगठनलाई भित्री रूपमा बलियो, अनुशासित र सक्षम बनाउनु हो । यसले संगठनको विस्तार, प्रभावकारिता र जनसमर्थनलाई मजबुत बनाउँछ । प्रभावकारी नेतृत्व, सदस्यहरूको सक्रिय भूमिका र संगठनको व्यवहारिक कार्यान्वयनले संगठनलाई सफल र दिगो बनाउँछ । संगठनको संरचनालाई व्यवस्थित बनाउनुपर्छ । संगठनलाई स्थानीय, क्षेत्रीय र राष्ट्रिय तहमा बलियो बनाउनुपर्छ । संगठनको प्रत्येक तहमा कार्यविभाजन र जिम्मेवारीको स्पष्टता हुनुपर्छ । साना इकाइहरू (जस्तैः वडास्तर, गाउँस्तर)मा संगठन विस्तार गर्दै बलियो बनाउनुपर्छ । सदस्यता अभिवृद्धि, नयाँ सदस्यहरू भर्ती गर्ने र पुराना सदस्यहरूको नवीकरण गरी भूमिका बढाउन जोड दिनुपर्दछ ।

सदस्यहरूको कार्यक्षमता र जिम्मेवारीमा निरन्तर तालिम र मार्गदर्शनमार्फत बढाउनुपर्दछ । संगठनका सदस्यहरूलाई योजना बनाउने र कार्यान्वयनमा सहभागी गराउनुपर्छ । वडास्तर र टोलस्तरका कमिटीहरू निर्माण गरी सक्रिय बनाउनुपर्छ । प्रत्येक गाउँ/नगरमा पार्टी कमिटीहरूलाई पूर्णता दिई कामको बाँडफाँट स्पष्ट पार्नुपर्छ । पार्टी सदस्यता वितरणलाई व्यवस्थित बनाउँदै प्रत्येक वडामा पार्टी सदस्यहरूको सूची तयार गर्नुपर्छ । बूथस्तरमा संगठन विस्तार गरी चुनावी तयारीलाई बलियो बनाउनुपर्छ । जनसंवाद सञ्चालन गर्ने र घरदैलो अभियान चलाउनुपर्छ । सदस्यहरूको डिजिटल डाटाबेस बनाउनुपर्छ । मासिक रूपमा कमिटी बैठक राखेर समीक्षा गर्ने गर्नुपर्छ ।

संगठनका सदस्यहरूलाई योजना बनाउने र कार्यान्वयनमा सहभागी गराउनुपर्छ । वडास्तर र टोलस्तरका कमिटीहरू निर्माण गरी सक्रिय बनाउनुपर्छ । प्रत्येक गाउँ/नगरमा पार्टी कमिटीहरूलाई पूर्णता दिई कामको बाँडफाँट स्पष्ट पार्नुपर्छ ।

२. नेतृत्व विकास

संगठनभित्र इमानदार, सक्षम र जनउत्तरदायी नेतृत्व तयार गर्नुपर्छ । युवालाई संगठित गरी प्रशिक्षण गर्ने, युवा पुस्तालाई नेतृत्वका भूमिकामा समावेश गर्ने, युवा नेतृत्वलाई वैचारिक र सांगठनिक ढंगले निर्णय गर्ने तथा क्षमतावान र निष्ठावान, अनुशासित र व्यवहारिक, जिम्मेवार र भरोसायोग्य बनाउनुपर्छ । क्रमशः जिम्मेवारी पनि दिँदै जानुपर्छ ।

३. जनतासँग प्रत्यक्ष सम्पर्क अभियान

घरदैलो कार्यक्रम सञ्चालन गरेर पार्टीका नीति र कार्यक्रम जनतासम्म पुर्‍याउनुपर्छ । प्रत्येक कार्यकर्ताले पाँच घर-पाँच सदस्य अभियान सञ्चालन गरी जनसम्पर्क बढाउनुपर्छ । वडास्तरमा संवाद कार्यक्रम, जनपरिषद् वा सार्वजनिक सुनुवाइ आयोजना गर्नुपर्छ । जनताका समस्या संकलन गरी समाधानका लागि एजेन्डा बनाउनुपर्छ । नियमित रूपमा स्थानीय जनतासँग समीक्षा बैठक राख्ने परिपाटी बसाल्नुपर्छ ।

४. स्थानीय मुद्दालाई प्राथमिकता दिने

पार्टीले स्थानीय तहका समस्याहरु जस्तैः खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगार, पूर्वाधारलाई प्राथमिकता दिनुपर्छ । जनतासँगको सहकार्यमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्न पहल गर्नुपर्छ । जनताको चासोका विषयलाई पार्टीको कार्यसूचीमा समेट्दै अघि बढ्नुपर्छ । हरेक वडामा स्थानीय विकास योजना बनाउनुपर्छ । जनप्रतिनिधिहरू र पार्टी कमिटीको संयुक्त जिम्मेवारी तोक्नुपर्छ । विकासको लागि एमाले नै भरोसायोग्य पार्टी हो भन्ने मान्यता स्थापित गर्नुपर्छ ।

५. वैचारिक प्रशिक्षण र जनचेतना अभिवृद्धि

कार्यकर्ता र जनतालाई माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद (जबज)को प्रशिक्षण दिनुपर्छ । तल्लो तहमा वैचारिक कक्षा, प्रशिक्षण शिविर र बहस कार्यक्रम सञ्चालन गर्नुपर्छ । पार्टीको इतिहास, सिद्धान्त र उपलब्धिहरूको प्रचार गर्न पुस्तक वितरण र विचार गोष्ठी गर्नुपर्छ । डिजिटल माध्यमबाट वैचारिक सामग्री उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ । गाउँगाउँमा भाषण तथा संवाद कार्यक्रम गर्नुपर्छ । सीपमूलक तालिम र विपद व्यवस्थान तालिमको समेत व्यवस्था गर्नुपर्छ ।

जनताको चासोका विषयलाई पार्टीको कार्यसूचीमा समेट्दै अघि बढ्नुपर्छ । हरेक वडामा स्थानीय विकास योजना बनाउनुपर्छ । जनप्रतिनिधिहरू र पार्टी कमिटीको संयुक्त जिम्मेवारी तोक्नुपर्छ । विकासको लागि एमाले नै भरोसायोग्य पार्टी हो भन्ने मान्यता स्थापित गर्नुपर्छ ।

६ जनताको कुरा सुन्ने

अहिले शिक्षा, सञ्चार र सामाजिक सञ्जालको प्रभाव व्यापक रुपमा जनताको तहमा छ । त्यसबाट जनतामा सकारात्मक र नकारात्मक दुबै प्रभाव परेको छ । जनताका कुरा धैर्यका साथ सुनेर मात्र आफ्ना कुरा राख्नुपर्छ । जनतामा जाँदा जनतालाई गुरु र आफूलाई चेलो सम्झनुपर्छ । अनिमात्र जनताले हाम्रा कुरा सुन्ने र संगठित गराउन सकिन्छ । अन्यथा संगठित गर्न असम्भव हुन्छ ।

७. युवा परिचालन

पार्टीमा युवा परिचालन निकै कष्टसाध्य छ । त्यसमा पनि कम्युनिष्ट पार्टीमा युवा परिचालन चुनौतीपूर्ण छ । शुरुमा युवालाई पार्टीमा आकर्षित गर्न खेलकुद, सांस्कृतिक कार्यक्रम र सामाजिक सेवा अभियान सञ्चालन गर्नुपर्छ । युवा नेतृत्व विकास कार्यक्रममार्फत पार्टीको भविष्यका लागि नेतृत्व तयार गर्नुपर्छ । स्वयंसेवक टोली बनाएर पार्टीको अभियान र जनसेवामा युवाको सहभागिता बढाउँदै लानुपर्छ । अनिमात्र युवाहरूलाई प्रशिक्षण र अवसर प्रदान गर्दै जिम्मेवारी दिनुपर्छ । युवाको सामाजिक सञ्जालमा पहुँचलाई पार्टी प्रचारमा उपयोग गर्नुपर्छ ।

८. महिलाको सक्रिय सहभागिता

महिलालाई पार्टीको नीति निर्माण र नेतृत्व तहमा अवसर प्रदान गर्नुपर्छ । वडास्तरमा महिला मञ्च र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्छ । महिलाहरूलाई सामाजिक र आर्थिक मुद्दामा संगठित गरेर जनचेतना फैलाउनुपर्छ । यसको लागि महिला लक्षित विशेष कार्यक्रम जस्तैः आमा समूह, स्वास्थ्य स्वयंसेविका, महिला स्वावलम्बन अभियान, टोल विकास समिति र रोजगारीमूलक तालिमको व्यवस्था गर्नुपर्छ ।

९. गुटबन्दी अन्त्य र एकताको सुदृढीकरण

पार्टीभित्रको गुटबन्दी र आन्तरिक कलहलाई अन्त्य गर्न संवादको माध्यम अपनाउनुपर्छ । सबै कार्यकर्ता र नेताहरूलाई साझा उद्देश्यमा एकजुट गराउनुपर्छ । पार्टी कमिटी र जनप्रतिनिधिबीच संवेदनशील समन्वय बनाउनुपर्छ । नियमित आलोचना र आत्मालोचना कार्यक्रम सञ्चालन गर्दै अघि बढ्नुपर्छ ।

१०. प्रविधिको प्रयोग र प्रचारप्रसार

पार्टीका गतिविधिहरूलाई डिजिटल प्लेटफर्म (सोसल मिडिया, वेबसाइट)मार्फत प्रचार गर्ने व्यवस्था गर्नुपर्छ । मोबाइल एप्स र सूचना प्रवाहका माध्यमहरू प्रयोग गरी जनतासँग प्रत्यक्ष सम्पर्क गर्नुपर्छ । यसका लागि हरेक वडामा सञ्चार संयोजकको व्यवस्था गर्नुपर्छ । डिजिटल माध्यमबाट प्रशिक्षण सामग्री र सूचना पुर्‍याउने व्यवस्था गर्नुपर्छ ।

जनताका कुरा धैर्यका साथ सुनेर मात्र आफ्ना कुरा राख्नुपर्छ । जनतामा जाँदा जनतालाई गुरु र आफूलाई चेलो सम्झनुपर्छ । अनिमात्र जनताले हाम्रा कुरा सुन्ने र संगठित गराउन सकिन्छ । अन्यथा संगठित गर्न असम्भव हुन्छ ।

११. सामाजिक सेवामा पार्टीको भूमिका

विपद् व्यवस्थापन, स्वास्थ्य शिविर, रक्तदान, सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्छ । स्थानीय समस्या समाधान गर्न सामाजिक जागरण अभियान सञ्चालन गर्नुपर्छ ।य सको लागि प्रत्यक टोलमा पार्टीको समाज सेवा इकाइ गठन गर्नुपर्छ ।

१२. नियमित समीक्षा र अनुगमन

हरेक तहको कमिटीको कामको अनुगमन र मूल्यांकन गर्नुपर्छ । नियमित बैठक राखेर प्रगति र कमजोरीको समीक्षा गर्ने गर्नुपर्छ । निष्क्रिय कार्यकर्तालाई प्रशिक्षण र जिम्मेवारी दिएर सक्रिय बनाउनुपर्छ । मूल्यांकनको स्पष्ट मापदण्डसहित पुरस्कार र दण्डको व्यवस्था हुनुपर्छ । कार्यकर्तामा मूल्यांकन हुन्छ भन्ने भरोसा जगाउनुपर्छ ।

१३. आलोचना र आत्मालोचना

संगठनभित्रका कमजोरीहरू पहिचान गर्ने र समाधान गर्न पहल गर्नुपर्छ । स्वस्थ आलोचना र आत्मालोचनाको संस्कृति स्थापित गर्न विगतका गल्तीबाट सिक्दै संगठनलाई सुधार र सुदृढ बनाउने र जनताको बिचमा जाँदा आत्मालोचनाको चेतसहित उपस्थित हुनुपर्छ ।

निष्कर्ष

नेकपा एमालेले पार्टीको कामलाई स्थानीय तह अर्थात जरासम्म लैजान संगठनको सुदृढीकरण, जनसम्पर्क विस्तार, वैचारिक प्रशिक्षण र जनताको समस्या समाधानलाई प्राथमिकता दिनुपर्छ । पार्टीले युवा र महिलाको सक्रिय परिचालन, प्रविधिको प्रयोग र स्थानीय विकासका मुद्दालाई केन्द्रमा राखेर काम गरेमा तल्लो तहसम्म विश्वास र समर्थन हासिल गर्न सफल हुनेछ । जनतासँगको सहकार्य आत्मीय जनमुखी काम र जनविश्वास नै सफलताको द्योतक हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *