राष्ट्रपति पौडेलले गरे भारत र मलेसियाका लागि राजदूत नियुक्त
नेपाल प्रेस
२०८१ पुष ३ गते १६:४१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन् ।
उनले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शङ्करप्रसाद शर्मालाई भारत र डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया