प्रचण्ड र रविबारे प्रधानमन्त्री ओलीको टिप्पणी- समय सकिएपछि कमिलाको पनि पखेटा पलाउँछ – Nepal Press

प्रचण्ड र रविबारे प्रधानमन्त्री ओलीको टिप्पणी- समय सकिएपछि कमिलाको पनि पखेटा पलाउँछ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै समय सकिएपछि कमिलाको पनि पखेंटा पलाउने टिप्पणी गरेका छन् ।

एमालेका अध्यक्ष समेत रहेका ओलीले नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र रविको सरकारले जथाभावी बोल्न र गर्न थालेपछि कांग्रेससँग मिलेको सुनाए ।

उनले भने, ‘मुद्दा मामिला गरेर फसाउने कुरा पहिले महेन्द्रको पालामा अराष्ट्रिय तत्व मात्रै भनेर आरोप लगाउँथे, पछि त अनेक खालको आरोप लगाउने, भ्रष्टाचारी भनेर आरोप लगाउने, अस्ति प्रचण्ड–रविको सरकार हुँदा पनि त्यस्तै कुरा उनीहरुले दोहोर्याउन खोजे, यिनीहरुले् जथाभावी बोल्न र गर्न थाले, अस्थिरता, अन्योल र भ्रष्टाचार देशमा सीमा रहेन, जनताले एमाले र कांग्रेसजस्तो पार्टी हुँदा हुँदै यो कसको के नाच हुन् यी ? कांग्रेस र एमाले ट्वाँ परेर हेरिरहेको छ । अरु धुमाधाम नाचिरहेका छन् । त्यसैले यो सच्याउनुपर्छ भनेर मिलेका हौँ ।’

उनले झिंगाको सरापले डिंगा, गाईभैंसी, पशु केही पनि नगर्ने बताए । उनले थपे, ‘केहीले अहिले सरापेको सरापेकै छन् । सरकार ढलिजाओस् भनेर । तर झिंगाको सरापले डिंगा मर्दैन, गाईभैंसी, पशु केही पनि मर्दैनन् । समय सकियो भने कमिलाको पनि पखेंटा पलाउँछ । कमिलाले पखेंटा पलाएछि उड्न त उड्छ तर माथि पुगेपछि चराले क्वाप्प पारेर खाइदिन्छ । यिनीहरूलाई पनि त्यस्तै भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर